मतदाता शिक्षा सम्बन्धि प्रशिक्षण कार्यक्रम सुरु


मुगु न्युज डट कम,
मुगु ७ असोज----
राष्ट्रिय निर्वाचन आयोग जिल्ला निर्वाचन कार्यालय मुगुको आयोजनामा सोमवार गगढीमा मतदाता शिक्षा सम्बन्धि दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
जिल्लामा राजनितिक दललाई चुनावी माहौलले नछोए पनि निर्वाचन कार्यालयले भने आफ्नो तयारी तिब्र गरिरहेको छ । यो भन्दा अगाडी केन्द्रीय , क्षेत्रिय प्रशिक्षण सम्पन्न गरेको आयोगले जिल्ला स्तरमा समेत प्रशिक्षण चलाईरहेको छ । यस अघि जिल्लाका सञ्चारकर्मिहरुका लागि प्रशिक्षण सम्पन्न गरि सकेको छ भने सोमबार र मंगलबार मतदाता शिक्षा सम्बन्धि प्रशिक्षण सम्पन्न गरे पछि महिला स्वास्थ्य स्वयम सेविका र बाल विकास केन्द्रका सहजकर्ताहरुका लागि प्रशिक्षण सञ्चालन गर्ने छ । सोमबार देखि सुरु भएको कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक र जिल्ला शिक्षा कार्यालयका कर्मचारी गरेर १५ जना सहभागि रहेका छन ।

0 comments

बिचार लेख्नुहोस्..