राप्रपाद्धारा उम्मेदवारी संशोधन
मुगु न्युज डट कम,
असोज ६, मुगु-----
राष्ट्रिय प्रजातन्त्र पाटी जिल्ला कार्य समिति मुगुले आगामी मंसिर चार गते हुने संविधान सभाको निर्वाचनका लागि जिल्लाबाट प्रत्यक्ष निर्वाचान प्रणाली तर्फका उम्मेदवारको नाम पुन संशोधन गरि सिफारिस गरेको छ ।
गएको भदौ २३ गते जिल्ला कार्य समितिको बैठकले प्रत्यक्ष निर्वाचनका लागि जित बहादुर हितानलाई उम्मेदवार छनौट गरि नाम सिफारिस गरेको थियो । त्यति वेला तिन दिनसम्म चलेको जिल्ला कार्य समिति र गाउँ कार्य समितिको बैठकले निर्णय गर्न नसके पछि दान बहादुर हितानको संयोजकत्वमा ति सदस्यीय उम्मेदवार छनौट समिति गठन गरि प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवार हुनेले पाँच लाख रकम निर्वाचन खर्चका लागि पाटीको बैक खातामा जम्मा गर्ने निर्णय गरेको थियो । यो निर्णयमा सहमति जनाए पछि प्रत्यक्ष तर्फको उम्मेदवारमा जित बहादुर हितानको नाम सिफारिस गरिए पनि हितानको परिवारले चुनाव नलड्न दवाव दिए पछि उम्मेदवारको नाम संशोधन गरिएको राप्रपा मुगुले जनाएको छ । राप्रपाको केन्द्रीय समितिले देशका विभिन्न चालिस जिल्लाका प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवारको छनौठ गरिएको सुचि सवै जिल्लामा पठाईसकेको थियो । त्यो सुचिमा मुगु पनि परेको राप्रपाले सार्वजनिक गरेको थियो ।
राप्रपा मुगु स्रोतले दिएको जानकारी अनुसार यस अघि प्रत्यक्ष निर्वाचन प्रणालीका लागि नाम सिफारिस गरिएका जित बहादुर हितानले पाँच लाख दिने प्रतिबद्धता गरे पछि उनको नाम पठाईएको थियो तर हितानले अहिलेसम्म रकम जम्मा नगरे पछि हितानको नाम संशोधन गरि राप्रपा मुगुका जिल्ला अध्यक्ष राज बहादुर मल्लको नाम संविधान सभाको निर्वाचनका लागि प्रत्यक्ष तर्फ सिफारिस गरिएको हो । तर अध्यक्ष मल्लले पाँच लाख रकम दिने कुरा यर्थात भए पनि रकम जम्मा नभएको कारण भन्दा पनि हितानले पछिल्लो समयमा चुनाव नलड्ने भने पछि पुन संशोधन गरि आफ्नो नाम पठाईएको दावी गरे ।
0 comments
बिचार लेख्नुहोस्..