थप अनुसन्धानका लागि सात दिनको म्याद थप
मुगु न्युज डट कम----------------
मुगु असोज १०---------------------
असोजको पहिलो हप्ता खत्याड भेकको कोटडाँडा गाविसमा पर्ने सेरा र विरा बगरको विचमा श्रीकोट गाविस वडा नम्बर २ का राज बहादुर शाहीका दम्पतिलाई कुटपिट गरि भिरबाट लडाएको अभियोगमा प्रहरी हिरासतमा रहेका रारा स्थित दुर्गा भञ्जन गुल्मका सैनिक जवानलाई थप अनुसन्धान गर्न जिल्ला अदालत मुगुले एक हप्ताको म्याद थप गरेको छ ।
विहिबार मुगु जिल्ला अदालतका न्यायाधीश हरि प्रसाद शर्मा पंगेनीको ईजालसले पक्राउ परेका नेपाली सेनाका सैनिक जवान चक्रे भन्ने चक्र बहादुर चन्दलाई थप अनुसन्धान गर्न एक हप्ताको म्याद थपेको हो । असोज पहिलो हप्ता राज बहादुर शाही र उनकि श्रीमति विष्णुमाया शाही तथा अभियुक्त चन्द बाजुराको बाटो हुँदै श्रीकोट तर्फ संगै आएका थिए ।
असोज २ गते राती रातापानीमा बास बसेका शाही दम्पति र चन्द ३ गते विहान श्रीकोट तर्फ हिडेका थिए । बाटोमा हिड्ने क्रममा चन्दले शाही दम्पतिलाई कुटपिट गरि भिरबाट खसाएको र गमगढीबाट तलब बुझेर फर्कदै गरेको ईलाका प्रहरी कार्यालय रातापानीको प्रहरीले उद्धार गरेको थियो । शाही दम्पतिलाई तत्काल काठमाण्डौबाट फिष्टेल एयरको हेलिकप्टर चार्टर गरेर उपचारका लागि काठमाण्डौ लगिएको थियो । प्रहरीले तत्काल आफन्तहरुलाई खबर गरेको र प्रहरी चौकि माथी चौंरले चन्दलाई पक्राउ गरेको थियो । पक्राउ परेका चन्द घर विदामा वैतडि गएर फर्कने क्रममा नेपालगञ्जबाट फर्कदै गरेका शाही परिवारसँग बाजुरा भेट भएर संगै आएका थिए । चन्दको नाममा ज्यान मार्ने उद्योगको मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको छ ।
0 comments
बिचार लेख्नुहोस्..