महिला अधिकार तथा छाउपडि प्रथा सम्बन्धि चार दिने तालीम सुरु


मुगु न्युज डट कम,
असोज ११ मुगु -----
 जिल्लाका विभिन्न पाँच गाविसमा गठित छाउपडी प्रथा उन्मुलन निगरानी समितिका पदाधिकारीहरुका लागि शुक्रवार देखि महिला अधिकार,मानव अधिकार तथा छाउपडी प्रथा विरुद्ध चार दिने क्षमता अभिवृद्धि तालीम सुरु भएको छ ।
 जिल्लाका कार्कीवाडा , पिना, रोवा, रुगा र रारा गाविसमा गठित निगरानी गरिएका समितिका पदाधीकारीहरुको क्षमता अभिवृद्धि गरि जिल्लामा हुने महिला माथिका सम्पुर्ण भेदभाव र छाउपडी प्रथा उन्मुलन गर्न सहज हुने कार्यक्रम आयोजक संस्था हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिसडेक मुगुले जनाएको छ ।
 तालीमका क्रममा देशमा मानव अधिकारको अवस्था , महिला मानव अधिकारमा राज्यको व्यवस्था र जिल्लामा छाउपडी प्रथाको अवस्थाका बारे छलफल समेत गरिने छ । अहिले जिल्लामा महिलाहरु महिनावारी हुँदा सात दिनसम्म गोठमा बसाल्ने, ति महिलाहरुले छोएको नखाने, त्यस्तो वेला दहि, दुध, घिऊ लगायतका पोषिलो खाना नदिने , महिलाले छोएको खाँदा देवि देउता रिसाएर अनिष्ट हुने परम्परागत मान्यताका कारण महिलाको प्रजनन् स्वास्थ्यमा समस्या आउने गरेको स्वास्थ्यकर्मिको भनाई छ ।

0 comments

बिचार लेख्नुहोस्..