मदिरा सेवन गर्ने माथेी निगरानी बढेपछी भैm झगडा र चोरीका घटनामा कमी


मुगु न्युज डट कम----
सदरमुकामकै शिरमा प्रहरी कार्यालय बिच बजारमा प्रहरी चौकि भएपनि दिनहु चोरी र मदिरा सेवन गरी भैm झगडाका मुदा प्रहरीमा नपरेका दिनै नहुने बिगतमा  एक साता देखि मदिरा सेवन गर्ने माथी प्रहरीले निगरानी गरेपछी जिल्लामा यस्ता किसिमका घटनामा कमी आएका छन ।
बिशेष गरी दैश, तिहार र मंसिर ४ गते हुने संबिधान सभाको निर्बाचन लाई मध्यनजर गरी शान्ति सुरक्षामा सुधार ल्याउन जिल्ला प्रहरी कार्यलयले मुख्य मदिरा सेवनबाट नै अशान्ति हुने भन्दै मदिरा सेवन गर्ने माथीनै निगरानी गर्न लागेको हो ।
मदिरा सेवनगरी दिनहु जिल्ला प्रहरी कार्यालयमा दिनहु पाँच देखि १० सदरमुकाम गमगढीमा रहेका कालिका मालिका प्रहरी चौकी र चैन प्रहरी चौकीमा मात्र कुटपिट महिला माथि हुने घरेलु हिसां र चोरी,लुटपाटका घटना दिनहँु १० देखि १५ सम्म र त्यतिकै संख्यामा अन्य चौकीमा पनि मदिराकै कारण घटना आउने गरेकोमा अहिले त्यसमा कमि आएको   निमित्त प्रहरी नायब निरिक्षक मित्र बहादुर आर्चायको भनाई छ ।
प्रहरीले मदिरा सेवन गरी होहल्ला गर्र्ने   दैनिक पाँच जनासम्मलाई आफनो  नियन्त्रणमा लिई एक रात प्रहरीकै थुनुवा घरमा राखि राष्ट्रिय बाणिज्य बैङ्क मुगुमा रहेको नेपाल प्रहरीको रारा सामुदायिक प्रहरीको खातामा नगद २ हजार जम्मा गरे पछी मात्र छोड्ने गरेको छ । मदिरा सेवन गर्नेहरु २ हजार तिर्नु भन्दा सेवन नगर्नु बेश र सेवन गरेपनी बेलैमा आ आफनो गन्तब्य तिर हिड्ने गरेको  जिल्ला प्रहरी कार्यालय र यस्का माताहतका निकायमा मदिराकै कारण आउने घटनामा एक साता देखि कमि आएको आचार्य बताउछन ।
मदिराकै कारण दिनहु प्रहरी प्रशासनमा मुद्दा आउन थालेपछी मदिरा नियन्त्रण गर्नाका लागी र अन्य सुरक्षा स्थितिका लागी बुधबार जिल्ला प्रशासन कार्यलयमा बसेको सुरक्षा समितिको बैठकले पनि जिल्लामा अबैध रुपमा बिक्रि बितरण गरीदै आएको घरेलु मदिरामा रोक लगाउन केही दिनमानै  अन्तरशुल्क हेर्न जिम्मा पाएको कोष तथा लेखा नियन्त्ररण संग समन्वय गरी प्रहरी प्रशासनले अनुगमन गरी त्यस्तो भेट्टिएमा आबश्यक कार्बाही गरिने प्रमुख जिल्ला अधिकारी बल भद्र गिरीले बताएका छन ।
मदिरा सेवन गर्ने माथी प्रहरीको निगरानी बढेपछी अहिले दिनका एक दुई मात्र कुटपिट लुटपाटका घटना जिल्ला प्रहरी कार्यलय र मातहतका चौकिमा आउने गरेका छन । मदिराकै कारण यसता घटनामा कमि ल्याउन पुर्ण रुपले घरेलु मदिरा नियन्तरण गरिनुपर्ने प्रहरीको भनाई रहेको छ ।


0 comments

बिचार लेख्नुहोस्..