व्यवस्थापन नहुँदा वाल दिवश खल्लो


मुगु न्युज डट कम,
भदौ २९ मुगु-------
जिल्लामा राष्टिय बाल दिवश मनाए पनि व्यवस्थापन हुन नसक्दा दिवश खल्लो भएको छ । सदरमुकाम आसपासका माध्यामिक, निम्न माध्यामिक र प्राथामिक विद्यालयका विद्यार्थीहरुलाई बोलाए पनि कमजोर व्यवस्थापनका कारण कार्यक्रममा कमै मात्रको सहभागिता रहेको थियो ।
 जिल्ला महिला तथा बालबालिका कार्यालयको आयोजनामा गरिएको कार्यक्रममा विद्यार्थीलाई बस्ने ठाउँसम्म थिएन ।सार्वजनिक कार्यक्रम आयोजना गर्न सदरमुकाममा सार्वजनिक मञ्च समेत नभएको र शनिवारको दिन महाकाली उच्च माध्यामिक विद्यालयको खेल मैदान रहे पनि  जिल्ला प्राविधिक कार्यालयको सानो खुला चौरमा आयोजना गरिएको थियो । चर्को गर्मिमा विभिन्न विद्यालयबाट आएका साना बालबालिकाहरु वस्न नसकेर हिडे पछि चौरमा पचास जना जति मात्र देखिन्थे ।
 कार्यक्रममा बोल्ने अधिकाँश सहभागिहरुले वर्षको एक चोटि मात्र बाल दिवश मनाएर बाल अधिकार सुनिश्चित नहुँने तर्क गरेका थिए । जिल्लामा अहिले चार प्रतिशत बाल बालिका विद्यालय बाहिर नै रहेका, विद्यालय भर्ना गरिए पनि विद्यालय छोड्ने बालबालिकाको संख्यामा वृद्धि भए पनि सरोकारवाला निकाय मौन हुनुले जिल्लामा बाल अधिकारको सुनिश्चितता हुन नसकेको सहभागिको धारणा थियो ।
सदरमुकाम गमगढीको विच भागमा बाल दिवश मनाईरहँदा सदरमुकामका होटेल तथा रेष्टुरेन्टमा धेरै बालबालिकाहरु बाल श्रमिक रहेको प्रति ध्यानाकर्षण गराईएको छ । जिल्लामा बालबालिका सम्बन्धि कार्यक्रम सञ्चालन गर्ने संख्या दर्जन बढि रहे पनि विभिन्न कारणले जोखिममा रेका बालबालिकाहरु अहिले पनि घरेलु कामदार तथा श्रमिक बनेका , बालविवाह बढ्दै गएको र यसमा सबैले कागजी रुपमा प्रगति देखाए पनि वास्तविक अवस्था जटिल बन्दै गएको प्रति सरोकारवाला निकाय जिम्मेवार भएर लाग्नु पर्ने आवश्यकता औल्याईएको छ ।

,

0 comments

बिचार लेख्नुहोस्..