सुरक्षाकर्मि लगाएर कार्यालय सञ्चालन


मुगु न्युज डट कम ,
भदौ, २८ मुगु--------------
 नेकपा माओवादीले संविधान सभाको निर्वाचन बहिष्कार अभियान सफल पार्न भन्दै गराएको मध्य पश्चिम तथा सुदुर पश्चिमका जिल्ला बनदको आयोजना गरे पछि जिल्ला भरिका सरकारी तथा गैर सरकारी कार्यालयहरु,शैक्षिक संस्थामा प्रभाव परेको छ ।
 नेकपा माओवादीका कार्यकर्ताहरु शुक्रबार विहानै देखि सदरमुकाम गमगढीका होटेल पसल बन्द गराउन  बजारमा हिडे पछि बन्दका कारण जनजिवन प्रभावित बनेको थियो ।
बन्दका कारण जिल्लाका सरकारी कार्यालयहरुमा सुरक्षाकर्मि उपस्थित भई कार्यालय खुला गरे पनि कार्यालयका कुनै काम काज भने हुन सकेनन । माओवादी कार्यकर्ताले सरकारी कार्यालयहरुमा पुगेर कार्यालय नखोल्न भने पछि स्थानीय प्रशासनले सरकारी कार्यालयहरुमा सुरक्षाकर्मि परिचालन गरेर कार्यालय खोलिए पनि कार्यालयका दैनिक काम काज ठप्प नै भए भने सेवाग्राहीको उपस्थिती भने शुन्य देखिएको थियो । राष्टिय बाणिज्य बैंकमा सामान्य कारोवार भएको थियो । अन्य सरकारी कार्यालयमा कुनै काम हुन सकेन । कार्यालय खोलिए पनि कुनै काम नभएको जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी भरत गौतमले बताए । उनले भने , बन्दका कारण कर्मचारीको कार्य सम्पादन मुल्याकंन र कोष प्रमाणित गर्ने काम बाहेक सेवाग्राही नआउदा कुनै काम हुन सकेनन ।तर सदा झै कार्यालयका दैनिक काम काज सुचारु रेहेको र बन्दले कुनै असर नपारेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
गमगढी बजार दिन भरि नै पुर्ण रुपमा बन्द रह्यो भने जिल्लाका सरकारी तथा निजी शैक्षिक संस्था समेत पुर्ण रुपमा बन्द रहे । जिल्लामा शुक्रवार आयोजना गरिएका सार्वजनिक कार्यक्रमहरु समेत सञ्चालन हुन सकेनन ।

0 comments

बिचार लेख्नुहोस्..