स्वास्थ्यमा पाँच दर्जन बढि करार कर्मचारी, तलब खुवाउन समस्या


मुगु न्युज डट कम,
भदौ ३० मुगु---------------
 जिल्ला स्वास्थ्य कार्यालय मुगु मातहतका स्वास्थ्य संस्थाहरुमा र जिल्ला अस्पतालमा मन परि रुपमा पाँच दर्जन बढि करार कर्मचारी नियुक्त गरिए पछि अहिले उनिहरुलाई कसरी तलब खुवाउने भन्ने पिरलो बढेको छ ।
 जिल्ला अस्पताल विकास समितिले स्वास्थ्य प्रशासनसंग कुनै समन्वय नगरि ६८ जना कर्मचारीलाई करार सेवामा नियुक्त गरेको र समितिको बैंक खातामा जम्मा ७० हजार मात्र मौज्दात रहेको पाईएको छ । समितिले आन्तरिक कोषबाट तलब व्यहोर्ने गरि करार सेवामा कर्मचारी भर्ना गरेको तथा त्यसको अभिलेख स्वास्थ्य प्रशासनमा समेत नरहेको जिल्ला स्वास्थ्य कार्यालय मुगुका बरिष्ठ जन स्वास्थ्य अधिकृत रोशनलाल चौधरीले बताए ।
उनले भने, निर्देशिका अनुसार विकास समिति र स्वास्थ्यको समन्वय हुनु पर्ने भए पनि विकास समितिका अध्यक्ष राजेन्द्र बहादुर शाहीले कर्मचारी नियुक्त गरेको , आफुले ति कर्मचारीलाई अवकाश पनि दिन नमिल्ने, काममा पनि लगाउन नमिल्ने भए पछि उनिहरु कार्यालय आउने हाजिर गर्ने फकिर्ने गरिरहेका छन । अब छिट्टै सर्व पक्षिय बैठक बोलाएर यो विषय टुंगो लगाउने तयारी भईरहेको छ । यो विषयले कार्यालयका अन्य काममा समेत अबरोध भएको छ ।
 तर अध्यक्ष शाहीले आफुले सोह्र जनालाई मात्र नियुक्ति दिएको र आउने दशैसम्मको लाग्ने खर्चका लागि विभाग तथा मन्त्रालयमा पहल भईरहेको दावी गरे । उनले भने , मैले जथाभावी कर्मचारी नियुक्त गरेको छैन वृष बहादुर शाही कार्यालय प्रमुख हुँदा अरु कर्मचारी करारमा नियुक्त गरेका हुन ।
 आफु जिल्ला स्वास्थ्य कार्यालय मुगुमा रहँदा  करार सेवामा नियुक्त गरिएका ४० जना मध्य चालु आर्थिक वर्षका लागि जिल्ला अस्पतालमा बाधा नपुग्ने गरि एक दर्जनको मात्र म्याद थप भएको र अरुको म्याद थप नभएको शाहीले बताए ।
 अस्पताल विकास समितिले जिल्ला अस्पतालका लागि आवश्यक परेमा तथा समितिको आन्तरिक कोष मजबुत भएमात्र जिल्ला स्वास्थ्य प्रशासन र कार्यालय प्रमुखको समन्वयमा करार सेवामा कर्मचारी नियुक्त गर्न पाउने भए पनि समितले विना समन्वय अस्पताल बाहिर रहेका स्वास्थ्य संस्थाहरुमा समेत करार कर्मचारी नियुक्त गरेको पाईएको छ ।

0 comments

बिचार लेख्नुहोस्..