काँगे्रसले उम्मेदवारका लागी नाम सिफारिस ग¥यो


नृपेन्द्र बहादुर मल्ल,                                        मुगु १९ भाद्र------
सोमवारबारबाट आधिकारिक रुपमा आगामी मंसिर ४ गते हुने संविधानसभाको दोसो्र निर्वाचनका लागी प्रत्यक्ष र समानुपातीक तर्फका उम्मेदवारहरुको खोजी कार्यलाई तिव्र बनाएको काँगे्रसले मंगलबार रातीसम्म जिल्ला कार्य समितीको वैठक सम्पन्न गरी मुगु जिल्लाबाट आफना उम्मेदवार छनौटका लागी काँगे्रस केन्द्रिय कार्यालयमा आज नाम सिफारिस गरेको छ ।
नेपाली काँगे्रसले सोमबार आफना भातृ,शुभेच्छुक संस्था,वडा र गाँउ कार्य समितीहरुको भेला गराई समानुपातीक र खूल्ला जित्न सक्ने लोकप्रीय उम्मेदवारको खोजी गरेको थियो ।  मंगलबार जिल्ला कार्य समितीको वैठक गरी उम्मेदवारको टुन्गो लगाएको पाटी सचिव लोक बहादुर शाही वताए ।
काँगे्रसमा प्रत्यक्ष तर्फ पुर्व शिक्षा राज्यमन्त्री हस्त बहादुर मल्ल,जिल्ला पाटी सभापती ऐन बहादुर शाही र महासमीती सदस्य खड्क बहादुर शाहीको नाम सिफारिस गरेको छ भने समानुपातीक तर्फ जनजातीबाट छिरिङ्ग क्याप्ने लामा,महिलाबाट सुर्यदेवी मल्ल, दन्द्घ पिडितबाट राज्यलक्ष्मी शाही, दलितबाट रत्न नेपाली, र अन्यबाट रामर्सिग ऐडी,पदमे कुलाल,धनशिला मल्ल,र फुन्जोक लामा लाई सिफारिस गरिएको काँगे्रस मुगु जिल्ला सभापती ऐन बहादुर शाहीले बताए ।
काँगे्रस केन्द्रीय कार्यालयले प्रत्यक्षमा तिन जना र समानुपतीकमा पाँच गरी गरी आठ जनाको नाम सिफारिस गर्न निर्देशन गरेको भएपनि विवादबाट उम्कन मुगुबाट काँगे्रसले समानुपातिक तर्फ अन्यमा थप तिन जनाको नाम सहित आठ जानको नाम सिफारिस गरेको छ ।
नाम सिफारिस गरिएका व्यक्तिहरु कसैले पनि मंसिर ४ अघि केन्द्रमा जान नपाउने,सबैले एकताबद्घ भएर चुनावी प्रचार अभियाननमा लाग्ने , केन्द्रले जसको नाममा टिकट दिए पनि जिल्लामा विवाद नगर्ने सर्तमा नामहरु सिफारिस गरिएको काँगे्रसले जनाएको छ ।
सोत्रका अनुसार यस अघिका निर्वाचनमा केन्द्रमा बसी केन्द्रिय नेताहरुको वरिपरी घुम्ने,जिल्लामा जनता मामm नचिनीएका व्यक्तिलेहरुले केन्द्रिय नेताको आश्रीवादमा टिकट ल्याउदा जिल्लामा विवाद सृजना भई पाटीले हार व्यहोरर्नु परेकाले सिफारिस गरीएका उम्मेदवारहरुलाई चुनाव अघि केन्द्रमा जान रोक लगाउने निर्णय भएको र निर्णय सबै सिफारिसवाला व्यक्तिहरुले स्वीकार गरेको वताएको छ ।
जिल्लामा कृयाशिल मुख्य दलहरु मध्यको नेकपा एमालेले आफना सम्भावित उम्मेदवारहरुको नाम गत सोमवार अंचल कमिटीमा सिफारिस सरिसकेको छ भने एमाओवादीले भाद्र महिनाको पहिलो सातामा नाम पठाएको थियो ।

 


0 comments

बिचार लेख्नुहोस्..