तिन हप्ता अघि देखि फैलिएको झाडा पखाला नियन्त्रणमा


                 मुगु न्युज डट कम,
                        मुगु २० भाद्र------
तिन साता अघिबाट मुगु जिल्लाको एक गाँउमा फैलिएको झाडा पखाला नियन्त्रणमा आएको छ ।
झाडा पखालाबाट तिन जना बालकको मृत्यु भएको थियो भने ६ दर्जन बढी बाल बालिका प्रभावित भएका थिए ।
गत दश गते पुलु गाविस वडा नम्वर ७, ८ र ९ मा झाडा पखाला बाट तिन बालकको मृत्यु दर्जनौ प्रभावित भन्ने समाचार बाहिर आएपछि एघार गते नै जिल्ला स्वास्थ्य कार्यालयले औषधी सहितको टोली रोग प्रभावित उक्त क्षेत्रमा पठाएको थियो । रोगबाट ५ बर्ष मुनिका बाल बालिका प्रभावित थिए ।
टोलीमा संलग्न अहेब जित बहादुर मल्लका अनुसार गलेको मासु,बासीखाना,खादा र सरसफाईमा ध्यान नदिदा रोग फैलिएको थियो, झाडा पखाला,रुगाखोकी,आँउमासी विरुद्घका औषधी प्रयोग गरेपछि रोग नियन्त्रणमा आएको थियो ।
घटना स्थल जिल्ला सदरमुकाम गमगढीबाट एक दिन पुर्व करान भेगमा पर्दछ ।



0 comments

बिचार लेख्नुहोस्..