राष्टिय जनगणना २०६८ को तथ्यांक सार्वजनिक
मुगु न्युज डट कम,
असोज १ मुगु-------
२०६८ सालमा गरिएको जनगणनाको तथ्यांक सार्वजनिक गरिएको छ । २०६८ श्रावण ८ गतेसम्म जिल्लाको कुल जनसंख्या ५५ हजार २ सय ८६ रहेको छ ।
२४ गाविस मध्य सवै भन्दा बढि जनसंख्या रोवा गाविसमा ४ हजार ४ सय ३९ रहेको छ भने सवै भन्दा कम डोल्फु गाविसमा ३ सय ८५ रहेको छ ।
शाखा तथ्यांक कार्यालय जुम्लाले सदरमुकाम गमगढीमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरेको मुगु जिल्लाको कुल जनसंख्या मध्य २८ हजार २५ पुरुष र २७ हजार २ सय ६१ महिलाको जनसंख्या रहेको छ । १० औ राष्टिय जनगणना २०५८ जनसंख्या भन्दा ११ औ जन गणनामा ११ हजार तिन सय ४९ थपिएको छ । जिल्लामा ९ हजार ६ सय १९ परिवार संख्या रहेको छ भने घर संख्या ९ हजार ३ सय १० पुगेको छ । त्यस्तै जनघनत्व प्रति वर्ग मिटर १६ रहेको छ । सार्वजनिक गरिएको तथ्यांकमा अल्प संख्यक र दलितको तथ्यांक भने उल्लेख गरिएको छैन ।
जिल्लामा जनसंख्याको वार्षिक वृद्धि दर बढेर गएको छ । २०५८ सालमा १ दशमलव ८९ प्रतिशत जनसंख्या वृद्धि दर रहेकोमा २०६८ सम्म आई पुग्दा २ दशमलव ३ प्रतिशतले वृद्धि भएको देखिएको छ । त्यस्तै १६ वर्ष देखि १८ वर्षसम्म उमेर समुहको कुल जनसंख्या २८ हजार ५ सय १ मध्य महिला १३ हजार ९ सय ८९ र पुरुष १४ हजार ५ सय २२ रहेको छ । मुगुमा विदेशबाट आएर बसोवास गर्नेको संख्या १३ जना रहेका छन । जस मध्य भारतिय ४ ,चिनियाँ २ र अन्य मुलुकका ७ जना रहेको तथंकले देखाएको छ । जिल्लामा कुल साक्षरता प्रतिशत ५१.३ प्रतिशत रहेको छ भने जसमध्य पुरुष ६५ प्रतिशत र महिला ३७ प्रतिशत रहेको छ ।
दश वर्षको अबधिमा १५ वर्ष देखि १९ वर्षसम्मकाहरुले विवाह गर्नेको संख्या धरै देखिएको छ । यसरी विवाह गर्ने ६३.५८ प्रतिशत मध्य ५१.८६ प्रतिशत महिला रहेका छन ।
0 comments
बिचार लेख्नुहोस्..