मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना


मुगु न्युज डट कम,
असोज १ मुगु----------
आगामी मंसिर ४ गतेका लागि तोकिएको दोस्रो संविधान सभा निर्वाचनका लागि जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
एउटा मात्र निर्वाचन क्षेत्र रहेको मुगुका लागि स्थापना गरिएको कार्यालयले ६ कोठे घर भाडामा लिए पनि बजेट अभावका कारण कार्यालय व्यवस्थापन गर्न समस्या परेको छ । कार्यालयको व्यवस्थापन गर्न आवश्यक सहयोगका लागि जिल्लाका सरकारी कार्यालयहरुलाई सहयोग माग गरिने मुख्य निर्वाचन अधिकृत एवं जिल्ला अदालत मुगुका जिल्ला न्यायाधिश हरि प्रसाद शर्मा उपाध्यायले जानकारी दिए ।
 उपाध्यायका अनुसार कार्यालयका लागि १० जना कर्मचारी आवश्यक पर्ने र ति सवै कर्मचारी जिल्ला अदालतमा पर्याप्त रहेकाले अन्यत्र खोज्नु नपर्ने भएको छ ।  आर्थिक व्यवस्थापन भए सवै काम सहज रुपमा गर्न सकिने उपाध्यायले बताए ।
 जिल्ला निर्वाचन कार्यालयका अनुसार २०६४ सालको संविधान सभाको निर्वाचनमा जिल्लाका २४ गाविसमा पचास वटा मतदान केन्द्र रहेकोमा अहिले तिनवटा मतदान केन्द्र थप गरिएको छ ।  मतदान केन्द्र सिफारिस समितिले सिफारिस गरे अनुसार जिमा गाविसको पुरुमुरु, रारा गाविसको कच्चे र माँग्री गाविसको महमा  केन्द्र कायम गरिएको छ ।

0 comments

बिचार लेख्नुहोस्..