हुम्ला जिल्लाका विद्यालयहरुमा राजनैतिक गतिविधि नगर्ने प्रतिवद्धता


रमेश ऐडी ,
 हुम्ला असोज २-------

विद्यालय शान्ति क्षेत्र प्रवद्र्धनका लागि राजनीतिक दल तथा सरोकारवालाहरूको हुम्ला प्रतिबद्धता २०७० घोषण पहिलो पटक भएको छ । हुम्ला जिल्लाका सरकारी तथा निजि विद्यालयहरुमा राजनैतिक गतिविधि संचालन नगर्ने जिल्ला स्थित दलहरुले प्रतिवद्धता जनाएका हुन् । वालवालिकाहरुको अध्यापनलाइ नियमित गर्न दल र तीनका भातृ संगठनहरुले सरकारी विद्यालयहरुमा गतिविधि संचालन गर्दा पढाइ अवरुद्ध हुदा जिल्ला स्थित दलका प्रमुखले १२ वुदामा सहमत गरि प्रतिवद्धता जनाएका  छन् । विकट जिल्लामा रहेका विद्यालयहरुमा राजनैतिक गतिविधिका कारण वालवालिकाहरुको भविश्य खराव भईउज्वल भविश्य पार्नका लागी घोषणा जारी भएको छ । विद्यालयमा कुनैपनि पक्षबाट बन्द, हड्ताल र जुलुशका कार्यक्रमहरू सञ्चालन नगर्ने दलले आप्mना तर्फबाट प्रतिनिधित्व गर्ने भातृ तथा जनवर्गिय संगठन मार्फत विद्यालयलाई आप्mनो कब्जामा लिने वा आप्mनो अखडा बनाउन नहुने ।कुनैपनि राजनीतिक दलका राजनीतिक भेला तथा अभियानमा संलग्न नगराउने ।विद्यालयमा शैक्षिक गुणस्तर कायम गर्नका लागि शिक्षक, प्रधानाध्यापक र कर्मचारीहरू बीच मेलमिलाप र समझदारी कायम गर्ने ।

विद्यालय सञ्चालन भएको दिनमा विद्यालयको हाताभित्र कुनैपनि राजनीति सँग सम्बन्धि आमसभा तथा कार्यक्रम  नगर्ने नगराउने । विद्यालय क्षेत्रमा कुनैपनि श–शस्त्र फौज, समुह र सुरक्षा निकायले हातहतियार लिई प्रवेश गर्न नपाउने ।विद्यालयक हाता भित्र कुनैपनि राजनीतिक एयकतगचष्लन, धबिि उबष्लतष्लन,  द्यबललभच र प्रचारात्मक सामाग्रीहरु प्रदर्शन र प्रयोग गर्न नपाउने । सार्वजनिक विदाको दिनमा पनि विद्यालयको अनुमती लिएर मात्र राजनैतिक क्रियाकलाप सञ्चालन गर्न दिने ।विद्यालयमा खेताला, ठेकेदार, व्यापारी, शिक्षकको पहिचान गरी कारवाहीको लागि जिल्ला शिक्षा कार्यालयमा सिफारिस गर्ने र जिल्ला शिक्षा कार्यालयले गरेको कारबाहीको कार्यान्वयनका लागि सबै पक्षबाट सहयोग गर्ने । विद्यालय हातामा जातीय, सांस्कृतिक, लैङ्गिक, भाषिक, भौगोलिक, भेगिय, वर्गीय, जातिय, फरक क्षमता र धार्मिक विश्वासका आधारमा शिक्षक–शिक्षक बीच, शिक्षक–विद्यार्थी बीच, विद्यार्थी–विद्यार्थी बीच, विद्यार्थी–अभिभावक बीच, कर्मचारी–कर्मचारी बीच, अभिभावक–विद्यालय बीच वा अन्य कसैलाई भेदभाव, दुव्र्यबहार, छुवाछुत तथा शोषण गर्न पाईने छैन ।  विद्यालयमा हुने आर्थिक, शैक्षिक, सामाजिक, राजनीतिक क्रियाकलापहरूको अनुगमन, मुल्याङ्कन गरी सरोकारवाला बिच कानुनी तथा सामाजिक लेखापरिक्षणलाई अनिवार्य गरी पारदर्शी गराउने ।शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावक बिचको सम्बन्धलाई सुमधुर बनाई विद्यालय शान्ति क्षेत्र कायम गर्न प्रतिबद्ध हुने उल्लेख गरिएको छ ।




0 comments

बिचार लेख्नुहोस्..