समान काम असमान सुविधा


सुमन मल्ल-----

असोज १ मुगु-------
मुगु जिल्लाको उत्तर पश्चिम क्षेत्रको सिमानामा जोडिएको हुम्ला र बाजुराको सिमाना कवाडीमा खटिएका सुरक्षाकर्मिको जिम्मेवारी एउटै भए पनि सेवा सुविधा भने असमान रहेको छ ।
 बाजुराको रुगिन गाविस वडा नम्बर ५ र हुम्लाको मैला गाविसको वडा नम्बर १ लाई नदिले छुट्याएको छ । दुवै स्थानमा गरेर एक सय घरधुरी रहेका छन । नदिको दक्षिण किनारामा बाजुराको प्रहरी चौंकि छ भने उत्तरी किनारामा हुम्लाको प्रहरी चौकि छ । दुवै चौकिको काम भनेको स्थानीय स्तरमा शान्ति सुरक्षा गर्ने , झैं झगडा मिलाउने लगायतका काम हुन्छ । कतिपय अवस्थामा दुवै चौकिको समन्वयमा परेका समस्या समाधान गर्ने गरिन्छ ।  बाजुरा तर्फका प्रहरीलाई सदरमुकाम मार्तडी पुग्न दुई दिन लाग्छ भने हुम्ला सदरमुकाम सिमिकोट पुग्न पनि दुई तिन दिन लाग्ने गरेको छ । बाजुराको सिमानामा रहेका सुरक्षाकर्मि र हुम्ला सिमानामा रहेका सुरक्षाकर्मिको सेवा सुविधामा धेरै फरक रहेको छ ।
 हुम्ला सिमानामा रहेका प्रहरीले मासिक रुपमा रासन बापत २२ हजार बुझ्छन भने बाजुरा सिमानामा रहेका प्रहरीले सात हजार पाँच सय मात्र बुझ्छन । बाजुरा सिमानामा रहेको प्रहरी चौकिमा  १२ जनाको दरबन्दि रहेको  तथा प्रहरीले रुगिन र विच्छियाँ गाविस हेर्ने गरेको प्रहरी चौकिका ईन्चार्ज मोहन बहादुर कुँवरले बताए । उनले भने , एक गाउँ देखि अर्को गाउँ जान दुई तिन घण्टा लाग्छ , सञ्चारका माध्यममा पहुँच छैन , प्रहरीसंग रहेको भिएचएफ प्रविधिको सञ्चार उपकरण सोलारबाट मुश्किलले चलाउछौ , प्रहरी बस्ने घर , भान्सा समेत छै्रन , काम गर्न निकै समस्या छ । पारीको प्रहरी र हामीले गर्ने काम एउटै हो , दुवै तर्फ एकै प्रकारका समस्या छन तर सेवा सुविधा भने असमान छ कुँवरले भने । हामी सुदुर पश्चिमको सुगमका आधारमा सेवा सुविधा पाउछौ तर काम भने दुर्गमको पनि दुर्गमको गर्नु पर्छ , दुवै तर्फका सुरक्षाकर्मिले एउटै प्रकारको काम गर्ने , समस्या व्यहोर्ने गरिए पनि सेवा सुविधामा सरकारको नियम फरक छ ।
१० जना सुरक्षाकर्मिको दरबन्दि रहेको हुम्ला तर्फको प्रहरी चौंकिका प्रहरीले पनि उस्तै समस्या झेल्नु परेको चौकिका निमित्त ईन्चार्ज नबराज बोहोराले बताए । हामीले मैला र मदाना गाविस हेर्छौ , एक गाउँ देखि अर्को गाउँ पुग्न तिन घण्टा लाग्छ , हिउँदमा हिउँ पर्दा सञ्चार सेटले समेत काम नगर्दा झन समस्या हुने गर्छ बोहोराले भने ।
एक सय घर धुरी रहेको कवाडीमा स्थानीयवासी सुरक्षाकर्मिले नदिको पानी पिउदै आएका छन । नजिक पानीको मुहान नभएपछि खोलाकै पानी पिउन पर्ने बाध्यता रहेको प्रहरीले बताए ।
पुल पारी हुम्ला खुला दिसामुक्त क्षेत्र भए पनि पुल वारी दिसा युक्त क्षेत्र छ । पारी पट्टी सरसफाई , सवै घरमा चर्पि भए पनि वारी पट्टि बाटोमा नै दिसा छ । धेरै पटक स्थानीयवासीलाई राखेर छलफल पनि गरियो तर स्थानीयवासीले केहि गर्न सकेनन प्रहरी सहायक निरिक्षक कुँवरले भने ।


0 comments

बिचार लेख्नुहोस्..