नेपाली सेनाका जवानद्धारा भिरबाट लडाएर लुटपाट

मुगु न्युज डट कम,
असोज ३ मुगु  ----
मुगु जिल्ला श्रीकोट गाविस वडा नम्बर २ का राज बहादुर शाही र उनकी श्रीमती विष्णुमाया शाहीलाई रारा राष्टिय निकुन्ज मुगुमा रहेको नेपाली सेनाको दुर्गा भञ्जन गुल्ममा कार्यरत बैतडी घर भएका २८ वर्षका चक्रे चन्दले भिरबाट लडाएर लुटपाट गरेका हुन ।
बाँके राझाँ मा अस्थायी बसोबास गदै आएका शाहीका परीवार दशै मनाउन बाजुरा हुदै घर फर्कदै गर्दा बाटोमा चन्द संग भेट भएको,एउटैबाटो भएर जानु पर्ने भएपछि परिचय गरेर तिनै जना हिडेका बेला,बुधबार रातापानीमा बास बसेर विहिवार बिहानै ५बजे हिडदै गर्दा चन्दले कोटडाँडा गाविसको सेरा र बिरा बगरको विचमा हिडीरहेको बेला दुबै जना लाई पछाडीबाट धकलेर भिरबाट लडाएर उनीहरुसंग रहेको नगद,सुन,लत्ता कपडा लुटेको आफन्तले बताएका छन ।
घाईते अवस्थामा छटपटाई रहेका शाहीका परिवारलाई सदरमुकामबाट तलब बुझेर फर्कदै गरेको ईलाका प्रहरी चौकी रातापानीका प्रहरीले देखेर उद्धार गरी शाहीका आफन्तलाई खबर गरेका थिए ।
जिल्ला अस्पताल घटना स्थलबाट दुई दिन टाढा भएकाले शाही दम्पतीको अवस्था चिन्ता जनक हुन थालेपछि  फिस्टेल एयर मगाएर दुबै जनालाई उपचारका लागी नेपालगंज लगीएको शाहीका आफन्तले बताएका छन  ।
आरोपी चन्दलाई खत्याड भेगको माथी चौरमा रहेको  प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरी  नियन्त्रणमा राखेको प्रहरी चौकि माथिचौरका ईन्चार्ज श्रीराम केसिले बताए  । कोटडाँडा गाविसको रातापानीमा घटना घटेको , घटनामा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको र घाईतेलाई थप उपचारका लागि हेलिकप्टरबाट नेपालगञ्ज तर्फ लगिएको खबर आएको र बाँकी खबर जिल्लामा ल्याए पछि मात्र थाहा हुने जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी बल भद्र गिरीले जानकारी दिए ।
प्रहरीले नियन्त्रणमा लिएका चन्द डेढ महिनाका लागि घर विदामा गएका र शुक्रवार उनले हाजिर हुनु पर्ने भए पनि अहिले उनी बाटोमा नै रहेको हुन सक्ने रारा स्थित नेपाली सेनाले जनाएको छ । सेनाका अनुसार जिल्ला प्रहरी कार्यालय मुगुले सवै विवरण दिए अनुसार चन्दसंग मिलेको र त्यस्तो कार्य गरेको यर्थात ठहर भए नेपाल सरकारको प्रचलित कानुन बमोजिम कारवाही चलाईने छ ।



  

0 comments

बिचार लेख्नुहोस्..