विद्यालयलाई शान्ति क्षेत्र बनाउन सामुहिक प्रतिबद्धता
मुगु न्युज डट कम,
असोज ४ मुगु------
जिल्लामा रहेका सवै विद्यालयहरुलाई शान्ति क्षेत्र बनाउनका लागि जिल्लाका सबै राजनितिक दलहरु , सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख र सरोकारवाला निकायले सामुहिक प्रतिबद्धता जाहेर गरेका छन ।
शुक्रवार मुगु सदरमुकाम गमगढीमा जिल्ला शिक्षा कार्यालय मुगुले आयोजना गरेको बालमैत्री विद्यालय तथा विद्यालय शान्ति क्षेत्र विषयक एक दिने अभिमुखिकरण गोष्ठीमा सहभागि भएका जिल्लाका एमाओवादी, नेपाली काँग्रेस , एमाले ,नेकपा माओवादी , राप्रपा लगायतका राजनितिक दलहरुका प्रमुख तथा प्रतिनीधीहरुले अब देखि जिल्लाका कुनै पनि सरकारी विद्यालयहरुमा कुनै पनि राजनीतिक गतिविधी सञ्चालन नगर्ने लिखित प्रतिबद्धता जनाएका हुन ।
जिल्लाका सरकारी विद्यालयहरुको अधिकाँश समय राजनितिक कार्यक्रमले प्राथामिकता पाउने गरेको , स्वयम शिक्षकहरु नै राजनितिक कार्यक्रममा सहभागि हुने गरेका , विद्यार्थीहरुलाई दलहरुका कार्यक्रममा सहभागि गराउने चलन बढेको कार्यक्रमका सहभागिले बताएका थिए । विद्यालयमा शौचालय ,खानेपानी , कक्षा कोठा , खेल मैदान , शैक्षिक सामग्री तथा शिक्षण विधी समेत बाल मैत्रि हुन नसकेका कारण जिल्लाको शैक्षिक गुणस्तर खस्किनुका साथै बाल मैत्रि विद्यालय र विद्यालय शान्ति क्षेत्र बनाउन असहज भएको भन्दै कार्यक्रममा साझा प्रतिबद्धता हुनु पर्ने आवाज उठे पछि साझा प्रतिबद्धता गरिएको छ ।
0 comments
बिचार लेख्नुहोस्..