सञ्चारकर्मिका लागि दुई दिने निर्वाचन प्रशिक्षण कार्यक्रम सुरु
मोहन कुमार मल्ल-
मुगु न्युज डट कम,
असोज ५ मुगु-----------------
सदरमुकाम गमगढीमा आगामी मंसिर ४ गते हुने दोस्रो संसकरणको संविधान सभाको निर्वाचनका लागि जिल्लामा क्रियाशील पत्रकारहरुका लागि निर्वाचन सम्बन्धि दुई दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एवं जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी वलभद्र गिरीले पत्रकारहरुका लागि प्रशिक्षण कार्यक्रम समयमा नै सुरु भएकोमा आयोजकलाई धन्यवाद दिदै संविधान सभाको निर्वाचन सफल पार्न दुई दिने प्रशिक्षण कार्यक्रमले पत्रकारहरुको ज्ञान, सिप र क्षमताको निखरता आउने विश्वास ब्यक्त गरे । सञ्चार जगतले काम गर्दा गर्दै जानी वा नजानेर गलत हुन पुगे त्यसलाई मध्य नजर गर्दै समाजलाई सकरात्मक बाटोमा लिन महत्वपुर्ण भुमिका लिन सक्ने हुँदा संवेदनशील हुनु पर्ने प्रजिअ गिरीले बताए ।
जिल्ला न्यायाधीश, प्रमुख जिल्ला निर्वाचन अधिकृत हरि शर्मा पंगेनीले सञ्चार माध्यमलाई कानुनी रुपमा उल्लेख नगरिए पनि राष्टको चौथो अंग रहेको तथा देश र नागरिकको आँखा समेत भएकाले पत्रकार आफ्नो अधिकार र जिम्मेवारी विहिन हुन नसक्ने बताए ।
न्यायाधीश पंगेनीले पत्रकारले जहिले पनि देशमा विद्यमान कानुनमा टेकेर देशको राज्य सञ्चालन प्रणालीलाई संस्थागत गराउन महत्वपुर्ण भुमिका खेल्न सकने हुँदा मंसिरमा हुने संविधान सभाको निर्वाचनमा मतदान गर्न पाउने र सुचना पाउने नागरिकको हकलाई पत्रकारहरुले सुसुचित गराउन, सकोस भन्ने शुभ कामना समेत दिए ।
निर्वाचन आयोगद्धारा प्रमुख निर्वाचन अधिकृतको कार्यालय व्यवस्थापन तथा अन्तरक्रियाका लागि एक रुपैयाँ पनि प्राप्त नभए भन्दै न्यायाधीश पंगेनीले आफुले पाएको जिम्मेवार र कर्तव्य पालना गर्ने प्रतिबद्धताव्यक्त गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मुगु शाखाका सभापति राज बहादुर शाहीले प्रशिक्षण कार्यक्रमले समाचार संकलन गर्दा निर्वाचन आचारसहिंता कसरी पालना गर्ने भन्ने कुराको बोध हुने बताए । संविधान सभाको निर्वाचनको अवधी भर पत्रकार महासंघ र जिल्लामा कार्यरत सञ्चारकर्मिले सम्बन्धित क्षेत्रसंग समन्वय गर्ने शाहीले बताए ।
0 comments
बिचार लेख्नुहोस्..