जिल्ला अदालतमा १७ वर्ष कैद असुल गर्न बाँकि
मुगु न्युज डट कम,
असोज ५ मुगु--------
जिल्ला अदालत मुगुमा अहिलेसम्म विभिन्न समयमा फैसला भई कैद सजाय तोकिएका मुद्दाका १७ वर्ष ४ महिना १८ दिन कैद असुल गर्न बाँकि रहेको जिल्ला अदालत मुगुले जनाएको छ ।
भौगोलिक विकता, जनशक्ति अभाव, साधन स्रोतको अभाव तथा फैसला भएका मुद्दा र तोकिएको सजाय दिलाउन तर्फ सम्बन्धित निकायको पहलमा कमि भएका कारण तोकिएको सजाय असुल हुन नसकेको जिल्ला अदालत मुगुका न्यायाधिश हरि प्रसाद शर्मा पंगेनीले जानकारी दिए ।
विभिन्न अपराधमा सजाय पाएका अभियुक्तहरु पक्राउ पर्न नसकि हालसम्म फरार रहेका कारण धेरै कैद असुल गर्न बाँकि रहेको बताईएको छ । अहिलेसम्म असुल गर्न बाँकि रहेका १७ वर्ष ४ महिना १८ दिन मध्य गएको महिनासम्म तिन महिना कैद असुलि गरिएको छ भने जरिवाना मार्फत उठन बाँकि ४ लाख ५८ हजार ६ सया ९० रुपैयाँ मध्य ११ हजार १ सय ७५ रुपैयाँ ४० पैसा मात्र असुली भएको जिल्ला अदालत मुगुले जनाएको छ ।
विगत पाँच वर्ष देखि जिल्ला अदालतमा न्यायाधीश नहुँदा जुम्लाका न्यायाधीशले जिल्ला अदालत हेर्नु परेका कारण यो वर्षसम्म जिम्मेवारी सरेर आएका ४५ थान मुद्दा र यो वर्षका १५ थान गरि ६० थान मध्य साउन देखि हालसम्म १६ फौजदारी र ३ वटा देवानी गरि १९ थान मुद्दा फस्र्यौट गरिएका छन भने ४१ थान मुद्दा बाँकि रहेका छन ।
जिल्ला अदालतका अनुसार अहिलेसम्म मुल्तवि ( मान्छे पक्राउ नपरेका ) मुद्दा सात थान, अदालत अन्र्तगत थुनुवा मुद्दा एक थान छन । जिल्लाका अर्ध न्यायिक क्षेत्रको अनुगमन तथा मुल्यांकन गर्न आएको पुनरावेदन अदालत जुम्लाका मुख्य न्यायाधिश सुरेन्द्रविर सिंह बस्न्यातको टोलीले निर्वाचन पछि मुल्तवी मुद्दाका कारण बुझि मुद्दा जगाउन डोर खटाउने, वैतनिक कानुन व्यवसायीको सेवा प्रभावकारी बनाउने लगायतका निर्देशन दिएको जिल्ला अदालत मुगुले जनाएको छ ।
0 comments
बिचार लेख्नुहोस्..