जिल्लाका असि घरधुरी दलित लालपुर्जा विहिन
मुगु न्युज डट कम,
असोज ४ मुगु----
जिल्लाका २४ वटा गाविस मध्य फोतु ,नार्थपु,जिमा, कालै, ह्याँग्लु र धैनकोट गाविसमा गरिएको एक सर्वेक्षणले यि गाविसहरुमा अहिलेसम्म ८० घर धुरी दलित परिवार घर जग्गाको लालपुर्जा नरहेको पाईएको छ ।
कर्णाली जनजिविका कार्यक्रमको आर्थिक सहयोग तथा दलित सामुदायिक विकास केन्द्र मुगुको साझेदारीमा सञ्चालन भएको कार्यक्रमको समिक्षा गोष्ठीमा यस्तो तथ्यांक सार्वजनिक भएको हो । फोतु गाविसका ७३ दलित घरधुरी मध्य २१ , नार्थपुका ६६ दलित घरधुरी मध्य २६ घर धुरी तथा जिमा गाविसका १ सय १२ घरधुरी मध्य १२ घर धुरीसँग घर तथा जग्गाको लालपुर्जा नभएको बताईएको छ । त्यस्तै कालैका ५४ घरधुरी मध्य ४ , ह्याँग्लुका ६३ दलित घरधुरी मध्य ८ र धैनकोटका ६३ दलित घरधुरी मध्य ९ घरधुरीहरुले समेत जग्गाको लाल पुर्जा पाएका छैनन ।
यो तथ्यांकलाई हेर्दा लालपुर्जा नपाएका ८० घर धुरीका २ सय ४० जनाले संविधान सभा निर्वाचनमा स्वतन्त्रपुर्वक मतदान गर्न नपाउने देखिएको संस्थाको प्रतिवेदनले उल्लेख गरेको छ । यि गाविसमा परमपरा देखि रहेको खलो (बालिघरे) प्रथा र हलिया प्रथाका कारण दलितहरुले अहिलेसम्म लालपुर्जा पाउन नसकेको तथा स्वतन्त्रतापुर्वक मतदान गर्न पाउने अधिकारबाट बञ्चित हुनसक्ने प्रतिवेदनले जनाएको छ । लालपुर्जा नपाएका दलितहरुले जसको जमिनमा घर बनाई बसोवास गरिरहेका छन र जमिन उपभोग गरिरहेका छन त्यस्ता परिवारलाई निर्वाचनका वेला आफ्नो पक्षको नेता वा पाटीलाई भोट नदिए घरबाट हटाउने धम्कि आउने हुँदा स्वतन्त्र मतदान गर्न पाउनु पर्ने अधिकारबाट बञ्चित हुनु पर्ने सम्भावना बढि रहेको प्रतिवेदनले देखाएको छ ।
यि छ गाविसको तथ्यांकलाई हेर्दा जिल्लाका २४ गाविसमा रहेका दलितहरु मध्य ३ सय २० घर धुरी दलितले लाल पुर्जा नपाएको अवस्था देखिएको र १८ वर्ष भन्दा माथिको जिल्लाको कुल जनसंख्या २८ हजार ५ सय १ जना मध्य ९ सय ६० जना दलितले मतदान गर्ने अधिकारबाट बञ्चित हुनसक्ने देखिएको छ ।

0 comments
बिचार लेख्नुहोस्..