निर्वाचन प्रशिक्षण कार्यक्रम सम्पन्न
मुगु न्युज डट कम
असोज ६ मुगु
शनिवार देखि सदरमुकाम गमगढीमा सुरु भएको निर्वाचन र पत्रकार प्रशिक्षण कार्यक्रम आईतवार सम्पन्न भएको छ ।
२० जना बढी पत्रकारहरु सहभागि भएकाहरु पत्रकारहरुलाई दुई दिने तालीमका क्रममा संविधान सभाको निर्वाचन प्रणाली , निर्वाचन सम्बन्धि कानुन , आचार सहिंता , मताधिकार , सञ्चार आचार सहिंता र त्यस सम्बन्धि रहेका कानुन लगायतका विषयहरुमा जानकारी गराईएको थियो ।
कार्यक्रमका लागि प्रमुख जिल्ला अधिकारी , जिल्ला न्यायाधीश , जिल्ला निर्वाचन अधिकारी , स्रोत व्यक्ति तथा दुई जना पत्रकारहरुले सहजीकरण गरेका थिए । कार्यक्रमको समापनमा बोल्ने बक्ताहरुले कार्यक्रमका लागि विषय वस्तु राम्रा र धेरै भए पनि समय नभएको बताएका थिए भने कार्यक्रममा सिकेका कुरा व्यवहारमा लागु गरि निर्वाचनलाई सफल बनाउनु पर्ने धारणा समेत राखेका थिए ।

0 comments
बिचार लेख्नुहोस्..