नेताहरु केन्द्र तिर लागेपछि जिल्लामा चुनावी चहल पहल शुन्य
मुगु न्युज डट कम,
असोज ६ मुगु -----
जिल्लामा कृयाशिल राजनितीक दलका जिल्ला स्तरिय नेताहरु आगामी संविधान सभाको निर्वाचनमा आफना पक्षका नेताको उम्मेदवारी लविङ्क गर्न केन्द्रिय कार्यालय तिर लागे पछि देशभर निर्वाचनको माहौल बन्दै गर्दा मुगु जिल्लामा राजनैतिक दलका चुनावी गतीविधी शुन्य रहदा यहाँ भने चुनावी माहोल बन्न सकेको छैन ।
गत भाद्र महिनाको दोसो्र साता दलहरुले समानुपातीक र खुल्ला तर्फका लागी सम्भाव्य उम्मेदवारको नाम केन्द्रिय कार्यालयहरुमा नाम सिफारीस गर्न सदरमुकाम गमगढीमा भातृ संगठन,पाटीका कार्यकर्ताहरुको भेला र जिल्ला कमिटी,जिल्ला कार्य समितीहरुको बैठक गर्दा चुनावी वातावरण शुरु भएको सर्वसाधारणले भन्न थालेका भए पनि सिफरिस सगै नेता अगुवा कार्यकर्ता केन्द्र तिर लागे पछि जिल्लामा चुनावी वातावरण शुन्य भएको हो ।
दलहरुका गतीविधी शुन्य भएता पनि जिल्ला निर्वाचन कार्यालयले निर्वाचन सम्वन्धी कामलाई तिव्रता दिएको छ । कार्यालयले मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना,मतदाता शिक्षा सहजकर्ताहरुको छनौट कार्य हालै सम्पन्न गरी सकेको छ भने शनिबारबाट संचारकर्मी र संविधानसभा निर्वाचन सम्वन्धी दुई दिने गोष्ठी र सोमवारबाट मतदाता शिक्षा प्रशिक्षक प्रशिक्षण तालीम शुरु हुने जिल्ला निर्वाचन कार्यालय मुगुले जनाएको छ ।
दलहरुले आफना प्रत्यक्ष र समानुपातीकका उम्मेदवारहरुको टुन्गो लगाएपछि जिल्लामा दलहरुका चुनावी चहल पहल बढने विश्वास गर्नु हुन्छ मुख्य निर्वाचन अधिकृत हरि प्रसाद शर्मा पंगेनी उनी भन्छन निर्वाचन आयोगले रकम निकासा नगर्दा मुख्य निर्वाचन अधिकृतको कार्यालय व्यवस्थापनमा भने समस्या भएको छ ।
0 comments
बिचार लेख्नुहोस्..