म्यादी प्रहरी छनौट प्रक्रियामा अन्यौल
मुगु न्युज डट,कम
मुगु,१५, असोज संबिधान सभा निर्बाचन सुरक्षाका लागी सरकारले देशभरम ४० हजार म्यादी प्रहरीका लागी दरखास्त आहवन गरेको भएपनी कर्णाली अञ्चलका दुई जिल्ला डोल्पा र मुगुका म्यादी प्रहरीको फारम भरेका हरुको छनौट प्रक्रिया अन्यौलमा परेको छ ।
भदौ ३१ देखि असोज १४ गते सम्म साधरण लेखपढ भुपु प्रहरी सेना शस्त्र र १८ बर्ष उमेर पुगि ५० बर्ष ननाघेका महिला तथा पुरुषका लागी दरखास्त आह्वन गरी मुगु जिल्ला प्रहरी कार्यलयमा अन्तिम दिन सम्म ९ सय २४ जनाले फारम भरेका भएपनि नेपाल सरकारले म्यादी प्रहरी सम्बन्धि २०७० को निर्देशिका अनुसार छनौट प्रक्रिया सम्बन्धित अंचल प्रहरी कार्यलयमा गरिने भने पछी मुगु र डोल्पा जिल्लाम छनौट प्रक्रिया अन्यौलमा परेको हो ।
सोमबार फारम बुझाउने अन्तिम दिन र मंगल बार बाट सम्बन्धित जिल्लामै पहिलो चरणको छनौट प्रक्रिया शुरु हुने भनि दरखास्त दिएका लाई जिल्ला प्रहरी कार्यलय मुगुले जानकारी दिए पनि मंगलबार पुन अंचल कार्यलय जुम्ला बाट छनौट हुने भनेपछी म्यादी प्रहरीमा दरखास्त दर्ता गरेका ४८ जना महिला तिन जना भूपु सेना प्रहरी र ८ सय ७३ जना अन्य गरी ९ सय २४ जना सदरमुकाम गमगढीका होटलमा बेर्खचि भएर बसेका छन ।
जिल्ला प्रहरी कार्यलयका एक अधिकृतले दिएको जानकारी अनुसार पहिल्यै फारम जिल्लामै बितरण गरिने र जिल्ला बाटै छनौट गरिने भनि निर्देशन आएको र त्यहि अनुसार फारम बुझने काम देखि अन्य कामको अन्तिम चरणमा पुगि सकेपछि अंचल प्रहरी कार्यलय जुम्लामा छनौट हुने भनेकाले छनौट प्रक्रिया लम्भिएको हो र एक दुई दिनमै जानकारी आउने उनको भनाई रहेको छ ।
कर्णाली अञ्चलका पाँच जिल्ला मध्य हुम्ला र कालिकोट जिल्लामै छनौट हुने निश्चित भई सकेको र अन्तिम चरणमा मुगु, डोल्पा र जुम्ला जिल्लाका हकमा अंञ्चल कार्यलय जुम्ला बाटनै हुने भनिए पछी अहिले म्यादी प्रहरीका दरखास्त दिने हरु खर्च र अन्य सुरक्षाका कारणले पनि कमै जना छनौटका लागी जुम्ला जाने भएका म्यादी प्रहरी भर्ना हुना ग्रामिण भेगबाट सदरमुकाम गमगढी आएका ब्यक्ति हरुको गुनासो रहेको छ ।
मुगु बाट जुम्ला पुग्न दुई दिन र डोल्पा बाट तिन दिन लाग्ने भएकाले पनि छनौट प्रक्रिया जिल्लामै गर्नका लागी जिल्ला सुरक्षा समितिको असोज ८ गते बसेको बैठकले गृह मन्त्रालयमा अनुरोध गरेको भएपनि अहिले सम्म कुनै जानकारी नआउदा छनौट प्रक्रिया लगाएत अन्य काम अन्यौल भएको जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरी निरिक्षक मित्र बहादुर आर्चयले बताए

0 comments
बिचार लेख्नुहोस्..