श्रीनगर गाविस स्तरिय सडक समन्वय समिति गठन
मुगु न्युज डट कम-
असोज ७ मुगु ---------
गमगढी धैन रिगा सडक खण्ड अन्र्तगत गमगढी देखि सिलि बगरसम्मको दश किलोमिटर सडक निर्माणका लागि श्रीनगर गाविस स्तरिय १३ सदस्यीय सडक समन्वय समिति गठन गरिएको छ ।
श्रीनगर गाविसमा भएको गाविसवासीको भेलाले लोकेन्द्र बहादुर मल्लको संयोजकत्वमा समन्वय समिति गठन गरेको हो । बेलायत सरकार र नेपाल सरकारको अनुदान सहयोगमा सञ्चालन हुने ग्रामीण पहुँच कार्यक्रम ( ¥याप ) कार्यक्रम अन्र्तगत निर्माण गरिने सडकका लागि समुदायमा उत्पन्न हुन सक्ने विवाद समाधान गर्न तथा कार्यक्रम सञ्चालन गर्दा आउन सक्ने अन्य समस्या समाधानका लागि समिति गठन गरिएको छ ।
कार्यक्रमले सडक निर्माणसँगै आय आर्जनका कार्यक्रम समेत सञ्चालन गर्ने छ । तिन वर्ष सम्म सञ्चालन हुने कार्यक्रमले गमगढी धैनसम्मको सडक निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
0 comments
बिचार लेख्नुहोस्..