दशैको मुखमा यातायात नहुँदा सर्व साधारण मर्कामा
मुगु न्युज डट कम,
मुगु ९ असोज ---------------
नेपालीहरुका प्रमुख चाडहरु दशै,तिहार र छड नजिकी रहदा मुगुमा यातायातका साधनहरु नहँुदा जिल्लामा भित्रने र बाहिरीने यात्रुहरुलाई समस्या भएको छ ।
जिल्लामा रहेको ताल्च विमानस्थलको स्तर उन्नती गर्ने र पानी परेर धावनमार्ग हिलो भएको भन्दै रारा नागरिक उडयन कार्यालयले गत जेष्ठ अन्तिम साताबाट हवाईसेवा र वर्षा कै कारण मुगु जोडने नाग्म गमगढी सडक भत्कीएर अवरुद्घ भई गाडी संचालन रोकिएपछि सर्वसाधारण, सरकारी तथा गैर सरकारी संघ सस्थाका कर्मचारी र जिल्लामा व्यापार व्यवसाय गर्दै आएका बाहिरी जिल्लाका व्यवसायीहरुलाई चाडवाडको मुखमा आफना गन्तव्यमा जान समस्या भएको हो ।
अहिले जिल्लामा आउने र बाहिरिने व्यक्ति दुई दिन हिडेर छिमेकी जिल्ला जुम्ला र बाजुरा गई चर्को भाडा तिरी जहाज चढन वाध्य छन ।
हवाई उडान र धावनमार्ग स्तर उन्नती बारे बुझन रारा नागरिक उडयन कार्यालयमा पुग्दा कार्यालयमा ताला लगाईएको पाईयो । जहाज नचल्ने भएपछि जिल्ला प्रशासन कार्यालय मुगुमा जानकारी गराई रारा नागरिक उड्यन कार्यालय मुगुका कार्यालय प्रमुख भिमदत्त पन्त गत असारको पहिलो साता मुगुमा विमान स्थल बन्द हुने भए पछि हवाई सेवा संचालन नआएसम्मका लागी काजमा गएको,विमान स्थल निमार्णको जिम्मा लिएको मृत संञ्जिवनी कन्टक्सन प्रा.ली का प्रतिनिधी राजु र्बतौलाले धावन मार्गको काम सकिएको जानकारी दिएका छन । विमान स्थलको ५ सय ७० मिटर धावन मार्गमा दुई सय घन मिटर माटो भरिएको र विमान स्थलको दक्षिण तर्फ २२ हजार घन मिटर कडा चट्टान काटे पछि विमान स्थलमा विहिबार देखि हवाई सेवा सुरु हुने उनले बताए । रारा नागरिक उडयन कार्यालय मुगुका कार्यालय प्रमुख पन्तले यहि महिनाको १० गते परिक्षण उडान गर्ने जानकारी गराएकाले यो महिनाको दोस्रो साताबाट यात्रीलाई सहजता हुने प्रमुख जिल्ला अधिकारी बल भद्र गिरीको भनाई छ ।
विमान स्थलमा हवाई सेवा सुचारु र सहज बनाउन धावन मार्ग कालो पत्रे गर्ने काम फाल्गुण देखि मात्र हुने भएको छ ।
उता गत वर्षको पुष १ गते तत्कालीन प्रधानमन्त्री डा.बावुराम भटराईले औपचारिक रुपमा मुगुमा मोटर बाटोको उदघाटन गरेपनि उदघाटन भए देखि तिन महिना मात्र गाडी चलेको छ । बर्षाको पानीले मुगु जोडने कर्णाली राजमार्गको नाग्म गमगढी सडक खण्ड अन्तरगत गोठी जिउला गमगढी खण्डको ठाँउ ठाँउमा पहिरो जाँदा गत जेठ महिनाबाट यातायात बन्द छ । सडक उदघाटन हँुदा जुन उत्साह मुगालीमा थियो त्यो अहिले हराउदै जान थालेको छ ।
नाग्मा देखि गमगढी सडक खण्डमा गएको पहिरो हटाउन आगामी १७ गतेसम्म काम सम्पन्न गर्ने गरि ठेकेदारसंग सम्झौता भई पहिरो हटाउने काम भैरहेको
मध्य पश्चिम चार नम्बर सडक डिभिजन कार्यालयले जनाएको छ । तर गोठी जिउला गमगढी सडक खण्ड अन्र्तगत हाटसिंजामा ठुलो पहिरो गएको र त्यसमा काम गर्न निकै जोखिम भएकाले काम गर्न नसकिने सडक मर्मतको जिम्मा लिएको ठेकेदारले बताएको मुगु उद्योग बाणिज्य संघका अध्यक्ष नरविर रावतले जानकारी दिए ।
रावतका अनुसार उक्त ठाउँको पहिरोमा काम गर्न नसकिए गाडी सञ्चालन हुन निकै समय लाग्ने देखिन्छ भने बजारमा देखिएको दैनिक उपभोग्य वस्तुको अभावसँगै मंहगीले सर्वधारणको दशैंलाई प्रभाव पर्ने देखिएको छ ।
अहिले बजारमा दैनिक उपभोग्य वस्तु चामल , मैदा ,चिउरा , दाल लगायतको बस्तु अभाव छ भने भेटिएको उपभोग्य वस्तुको मुल्य समेत आकासिएको छ ।

0 comments
बिचार लेख्नुहोस्..