मुगु न्युज विचार- जनता जर्नादन हुन भने उत्तम बिल्कप जनमत संग्रह नै हो


डम्बर बहादुर रावल

                             
      नेपाली इतिहासको काल खण्डलाई कोट्याएर हेर्ने हो भने राजा महाराजाका पाला देखि जनता भने शब्दलाई शक्तिको पुञ्जको रुपमा लिने गरिएको छ । नेपालको प्रजावत्सवल राजा श्री ५ पृथ्वीनारायाण शाहले जनता बलिया भए मात्र राजा अनि  राज्य बलियो हुन्छ भनेका थिए ।
 निरङ्ककुशताको वागडोर सम्हालेको पधानमन्त्री श्री ३ पद्दम शमशेर  जड्डबहादुर राणाले म जनताको नोकर हु । म जनतालाई बुताले भ्याए सम्म शैक्षिक, आर्थिक, सामाजिक मुद्धामा अगाडी बढाउछ भनेका थिए त्यसै गरि श्री ५ विरेन्द«ले पनि जनताले चाहेको खण्डमा श्रीपेजलाई परराखि गणतन्त्र स्वीकार्छु । यस्ता अभिव्यक्ति हरु पटक पटक आएकै थिए  । त्यसमा अझत श्री ५ विरेन्द«ले त २०३६ सालमा जनमत संग्रहनै दिने हिम्मत गरेको तितो यर्थाथ भूल्न मिल्दैन । आज यो या त्यो नाममा जनताको छोरो भन्न रुचाउने श्रीपेच बिनाका चार दलका चारवटा राजाले वास्तवमा जनताको अभिमतलाई कुल्चेर देशलाई भड्खालोको जाक्ने दुस्प्रयास गरिरहेका छन् । आज नेपाली जनता कम खर्चिलो र  देशलाई आर्थिकभार कम पर्ने गरि देशलाई निकासा दिन खोजिरहेका छन् ।
तर उनीहरु १६ अरव बराबरको खर्च चुनावमा मात्र खर्च गरि वालुवामा पानी हाल्ने दुुस्प्रयासमा लागिरहेका रहेका छन् । अर्को कुरा देशको वास्तविक तेजिलो आँखा शिक्षामा १६ अर्व खर्च गर्नेहो भने पनि नेपालका सम्पूर्ण विश्वविद्यालयको कायपलट गर्न सकिन्थ्यो र कर्णालीमा सडक पुगेका जिल्लाहरुका सडकहरुका स्तर उन्नति गर्ने र सडक नपुगेका जिल्लामा सडक पुर्याउने र देशभरका शिक्षा र स्वास्थ्यको पहँच नपुगेका गाँउमा पहँुच विस्तार गर्ने त्यस्तै देशलाई विकासको चरम चुलिमा पुर्याउन विज्ञान प्रयोगशाला (ल्याब)मा वैज्ञानिकता लागू गर्न सकिन्छ । ठिक उल्टो आज संविधान सभा जस्तो महायज्ञमा महत्वपूर्ण विचार बोकेका वौद्धिक मित्र देखि,दुर दराजमा पिडाको पोखरीमा पौडी खेलिरहेको तमाम युवा, आमा वुवाका, भावना, चाहना, रुची, आकांक्षालाई  एकपटक रद्धिको टोकरीमा फ्याँकेर देशलाई स्पष्ट रुपमा फोहोर देश भनेर विश्व सामू चिनाउने अपवित्र कार्यमा लागि रहेका छन् ।
  नेपाली नेताहरु१ आज विश्वमा हाम्रो मूलुक जस्तै सँगै  निरकुश राजतन्त्र र वेलायति अधिनस्तताबाट मुक्त भएका  विश्वकामुलुकहरु विश्वको विकसित देशको सुचिमा पर्न सफल भएका छन् । जस्तै चिन, भारत र दक्षिण कोरिया जस्ता देशबाट नेपाली राजनेताले बुझ्नु पर्ने खाटी कुरा के छ भने जनता रहे र जनताहरु बलिया, सबल, सक्षम भएमात्र देश सम्पन्न हुन्छ भन्ने कुरा बुझ्दा बुझु्दै पनि बुझ पचाएर जनताका भावनालाई कत्लेआम कुल्चि रहेका छन् । अन्ततः यिनीहरुको अन्त्यष्टि कष्ठकर हुनेमा पक्का पक्कि छ । किनकी इतिहासमा हिजो जुलियर सिजर, हिलटर, मुसोलिती, जार जस्ता कुर शाशक विश्व इतिहासको रंगमञ्चमा नन्जेमेका होइनन् तर उनीहरुले सार्वभौम जनताका महान लक्ष्यबाट आगो लगाएर त्यही आगोमा रापमा घुडा तताएर आनन्द लिने दुस्प्रयास नगरेका होईनन् । आखिर जनताका आँसु र सरापले  वगाएर लिएकै हो । यस्तै मैले यो आलेखमा के मात्रै उल्लेख गर्न खोजेको भने जनतालाई अहिने पनि शक्ति पुज्ज मान्ने हो भने जनता आज शासकीय स्वरुप र संघियताको सवालमा जनमतसंग्रहमा गएर दुई महिना भित्रै गणतन्त्र नेपाल, नयाँ नेपाल र  संविधान जारी गर्न चाहन्छन् । जनताहरुको प्रश्न यहिनेर छ के का लागि संविधान सभाको चुनाव गर्ने देशको, ढुकुटी रित्याउन? या चार दलिय संयन्त्रका चार  श्री ५ विहिन राजाबाट सक्रिय वनाउनका लागि संविधान सभाको चुनाव गर्ने ?यात जनताले चाहेको जनपक्षिय संविधान जारी गर्ने ? भनिन्छ वैद्य विनाको संविधान सूर्य ग्रहण लागे जस्तो हुन्छ त्यस्तो संविधान जारी गरेर देशलाई पुन गृहयुद्धमा धकल्ने बाहेक अरु केही हुन सक्दैन । यसर्थ आजको आवश्यकता भनेको देशलाई दिगो शान्ति र अमन चैनमा लैजानका लागि हो भने   नेपाली जनता जनमत संग्रहमा जान आतुर छन् । अव संविधान सभाको चुनावमा नगएर जनमत संग्रहमा जानुको विकल्प छैन । ढिलो चाँडो देशले ठूलो क्षति व्यहोरेर भएपनि जनमत संग्रहमा जान्छ यसलाई कसैले पनि रोक्न सक्दैनन् ।
     अन्तिममा जनता जर्नादन हुन् र सार्वभौम सत्ता जनतामा निहित छ भने नेपालका राजनेता साँच्चै जनताका सेवक बन्न र चाहन्छन् देशलाई रुवण्डा, यूगण्डा, सुडान,लेबनान बनाउन चाहन्नन् भने  जर्नादन रुपी जनताको भावानालाई कदर गरि जनमत संग्रहनै अन्तिम विकल्प र देशको निकासको लागि मार्ग निर्देशक उपाय हुनेमा सम्पूर्ण सचेत वर्गमा जानकारी गर्न च।हन्छु । नेपाल जस्तो बहुजातीय, बहु भाषिक,बहु साँस्कृतिक, भौगोलिक बिकटता विविध विविधता बाकेका मुलुकका निम्ति देशलाई निकास दिन उत्तम बिकल्प जनमत संग्रह नै हो ।
                                                                                                                    लेखक पदिय हिसाबले रारा क्याम्पस प्रमुख हुन

0 comments

बिचार लेख्नुहोस्..