आमा र छोराहरु उम्मेदवारका लागी सिफारिस


मुगु न्युज डट कम,
मुगु १० असोज----
आसन्न मंसिर ४ गते हुने अर्को संविधानसभा निर्वाचनका लागी एकै घरका आमा र छोराहरु फरक फरक राजनैतिक दलबाट उम्मेदवारका लागी सिफारिसमा परेका छन ।
मुगु जिल्ला श्रीनगर गाँउ विकास समिती वडा नम्वर ३ छत्यालवाडा गाँउ बस्ने नेपाली काँगे्रस मुगुका पुर्व जिल्ला सभापती कृष्ण बहादुर मल्लका श्रीमती र दुई छोराहरु फरक फरक दलहरुबाट उम्मेदवारका लागी सिफारिसमा परेका हुन ।
मल्लकी श्रीमती धनशिला मल्ल नेपाली काँगे्रस मुगुबाट समानुपातिक तर्फबाट र जेठा छोरा हंश बहादुर मल्ल नेकपा माले, कान्छा छोरा आषीश मल्ल राष्टिय जनजागरण पाटीबाट प्रत्यक्ष तर्फ उम्मेदवारका लागी मुगुबाट सिफारिसमा परेका छन ।
 मुगुमा एकै घरका सदस्यहरु अलग अलग पाटीमा रहेर राजनीति गर्ने संख्या बढि छ । विशेष गरेर नेकपा एमाले , नेपाली काँग्रेसमा अवसर लिएका व्यक्तिहरु नै  नयाँ स्थापना हुने पाटीमा आबद्ध हुने गरेका छन । परिवारका सदस्यहरु सवै पाटीमा आबद्ध हुँदा हरेक अवसर लिन सहज हुने हुँदा यस्तो प्रचलन बढि देखिएको नागरिकहरुको बुझाई रहेको छ । राजनितिक अवसर भन्दा पनि विशेष गरेर जिल्लामा हुने हरेक खालका गोष्ठी , अन्तरक्रिया , अवसर तथा नुन र चामलको कोटा पाईने हुँदा राजनितिक दलमा आबद्ध हुने गरेको ठुला दलहरुको समेत बुझाई रहेको छ ।



0 comments

बिचार लेख्नुहोस्..