छोराद्धारा बाबुको विहे सम्पन्न


 मुगु न्युज  डट कम,
मुगु  १० असोज-------
समाजमा आफुलाई जन्म दिने आमा बाबु प्रति सन्तानबाट वेवास्ता भई उनीहरुको जिवन जिउनमा कठिनाई भई रहेका घटना एक पछि अर्को बाहिर आई रहेका बेला यहाँ भने एक सन्तानले आफना ५६ बर्षीय बाबुको धुमधामले विहे गराएर बुढेसकालमा आमा बाबुलाई वास्ता नगर्ने सन्तानहरुलाई पाठ सिकाएका छन ।
मुगु जिल्ला रारा गाँउ विकास समिती वडा नम्वर १ गिलाह गाँउका विर बहादुर बमले असोज  २ गते आफना ५६ बर्षीय बुवा रतन बहादुर बमको नार्थपु गाँउ विकास समिती वडा नम्वर २ जवलधारा की ४२ बर्षिय जन्मकला शाहीसंग आफनै गाँउमा बाजागाजा सहित हिन्दु संस्कार अनुसारले धुमधामको विहे गराएर गाँउलेहरुलाई भोज भतेर समेत गरेर उदाहरणीय बनेका हुन ।
६ बर्ष अघि जन्म दिने आमा गुमाएका बमले आफना बृद्घ बाबुको विहे गराएर आमाको खुशी फर्काउन पाउँदा धेरै खुसि लागेको बमले बताए । बाबुको विहे गराएर कान्छी आमा भित्र्याउदा जन्म दिने आमाको पुनं जन्म भएर आएको महशुस भएको छ,कान्छी आमा भन्दा पनि जन्म दिने आमा कै जस्तो माया हामीले पाएका छौ बलमे भने  ।्                      
पाँच सन्तान र सात नाती नातीना भएका बमका ५६ वर्षीय बुवाले भने, मैले छोरा होईन अविभावक पाएको रहेछु यो उमेरमा मेरो विहे गराएर मलाई छोराले ऋीणि बनाएको छ सायद यो जुनीमा तिर्न सक्दैन होला ।
छोरा विर बहादुर बम एभिन्यूज टेलिभिजन मुगु जिल्ला समचारदातामा कार्यरत छन । म भनदा पनि मेरो घर र बुवाको खुसि नै जिवन हो त्यसैले मैले बुवाको विवाह गराएँ । मलाई यो भन्दा अर खुसिको क्षण अरु छैन । अरुको सहारा खोजेर बाँच्ने धेरै आमा बुवा छन मैले मेरो बुवालाई आफ्नै सहारा खोज्न सफल भएँ उनले भने ।

 

0 comments

बिचार लेख्नुहोस्..