नमस्तेको मोवाईल टावर विग्रिदा सेवाग्राही मर्कामा
मुगु न्युज डट कम,
भदौ १९ मुगु--
जिल्लाको सोरु भेकको भिई गाविस र खत्याड भेकको ह्याँग्लु गाविसमा रहेको नेपाल टेलिकमका नमस्ते मोवाईल टावर विग्रिदा एक हप्ता यता त्यस क्षेत्रका स्थानीयवासीहरु सञ्चार सेवाबाट बञ्चित भएकाछन ।
लामो समय देखि दुवै क्षेत्रमा रहेका टावर विग्रिएर त्यहाँका स्थानीयवासीहरु सञ्चार सुविधाबाट बञ्चित भए पनि नेपाल टेलिकमले कुनै चासो नदेखाएको स्थानीयवासीहरुले बताएका छन । जिल्लाबाट टावर मर्मतका लागि केहि गर्न नसकिने र सम्बन्धित गाविसको अनुरोध पत्र प्राप्त भएपछि नेपाल टेलिकमले क्षेत्रिय कार्यालय नेपालगञ्जमा जानकारी पठाए पछि सेवा सुचारु गर्न प्राविधिक खटाईने नेपाल टेलिकम मुगु शाखाले जनाएको छ ।
भिई गाविसमा रहेको नमस्ते मोवाईल टावर विग्रिएको भए पनि ह्याँग्लुमा रहेको नमस्ते टावर नविग्रेको नेपाल टेलिकमका शाखा प्रमुख पे्रम बहादुर रोकायाले जानकारी दिए । भिईमा रहेको नमस्ते मोवाईल टावर विग्रिदा भिई, धैनकोट, र कालै गाविस तथा हुम्ला जिल्लाका श्रीनगर र मदाना गाविसका नमस्ते मोवाईल कर्ता सञ्चार विहिन भएका हुन । त्यस्तै खत्याडको ह्याँग्लु गाविसमा रहेको मोवाईल टावर विग्रिए पछि मुगुका ह्याँग्लु , सुकाढिक, बाजुराका रुगिन र विच्छियाँ गाविसका स्थानीयवासीहरु सञ्चार सेवाबाट बञ्चित भएका छन ।
0 comments
बिचार लेख्नुहोस्..