विरामीहरुलाई फलफुल वितरण
मुगु न्युज डट कम
भदौ १९ मुगु
जिल्ला अस्पतालमा मुगुमा उपचार गराईरहेका विरामीहरुलाई बुधवार रेडक्रस दिवशका अवसरमा फलफुल वितरण गरिएको छ ।
५१ नेपाल रेडक्रस दिवशका अवसरमा बुधवार विहान जिल्ला अस्पताल मगुमा एक अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको थियो । अन्र्तक्रिया कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय मुगुका निमित्त प्रमुख जिल्ला अधिकारी तोरण पराजुलीमाले रेडक्रस स्वयमसेवी संस्था भएकाले यसको विश्वसनियता जताततै बढेको र अझै पनि दुखमा, द्धन्द्धमा परेका हरेक नागरिकको मनमन पुग्नु पर्ने बताएका थिए ।
अन्तरक्रिया कार्यक्रम पछि जिल्ला अस्पतालमा उपचार गराईरहेका विरामीहरुलाई फलफुल तथा जुस वितरण गरिएको थियो ।

0 comments
बिचार लेख्नुहोस्..