चर्पीको सेफ्टी टयाँकिमा खसेर किशोरको मृत्यु
मुगु न्युज डट कम,
भदौ १९-
माँग्री गाविस वडा नम्बर १ चिमाथ गाउँमा चर्पीमा खसेको मोवाईल झिक्न खोज्दा एक किशोरको मृत्यु भएको छ ।
स्थानीय मक्क बहादुर बुढाका १६ वर्षका छोरा केवल बुढा मंगलवार राती चर्पी गएका बेला उज्यालो गरेर लिएको मोवाईल चर्पी भित्र खसेको र मोवाईल झिक्न खोज्दा चर्पीको सेफ्टी टयाँकिमा खसेर मृत्यु भएको स्थानीयवासी तथा गाविसका प्राविधिक सहायक रतन बहादुर बुढाले जानकारी दिए ।
काठले छोपिएको टयाँकिको काठ निकालेर मोवाईल झिक्न खोज्दा मृत्यु भएका बुढा बुद्ध उच्च मावि माँग्रीमा कक्षा दशमा अध्ययनरत थियो । उनको शोकमा मंगलबार विद्यालय बन्द गरिएको थियो ।

0 comments
बिचार लेख्नुहोस्..