सरसफाई सम्बन्धि सञ्चारकर्मिसंग कार्याशाला सम्पन्न
मुगु न्युज डट कम,
असोज ११ मुगु ------
सहस्राब्दी विकास लक्ष्य पुरा गर्ने मापदण्डको सुचकका रुपमा रहेको जिल्लाको सरसफाईको अवस्थाका विषयमा शुक्रवार जिल्ला स्थित क्रियाशील सञ्चारकर्मिहरुसंग एक दिने कार्यशाला सम्पन्न भएको छ ।
नेदरल्याण्ड सहयोग नियोग ( एस एन भि ) नेपालको सहयोगमा किर्डाक नेपाल मुगुले आयोजना गरेको जिल्लाको सरसफाई अवस्था र रणनितीक योजनाका विषयमा छलफल समेत गरिएको थियो । कार्यक्रममा सहभागि भएका सञ्चारकर्मिहरुले अहिलेसम्म जिल्लाका २४ वटा गाविस मध्य ८ वटा गाविसलाई खुला दिसा मुक्त क्षेत्र घोषणा गरिएका भए पनि ति क्षेत्रमा खानेपानीको पर्याप्त व्यवस्था नभएको , भएका योजनाहरु पनि मर्मत संम्भारको अभावमा काम नलाग्ने भएका तथा खुला दिसामुक्त क्षेत्र असफल हुँदै जान थालेका जस्ता विषयहरुमा छलफल गरिएको थियो ।
जिल्लामा खानेपानी तथा सरसफाई सम्बन्धि काम गरि परिणाममुखि लक्ष्य प्राप्त गर्न गाउँ स्तर देखि जिल्ला स्तरसम्म खानेपानी तथा सरसफाई समन्वय समिति गठन गरिएका , जिल्ला तहमा नै सरसफाई सम्बन्धि रणनितिक कार्ययोजना बनाईए पनि सञ्चारकर्मिसंग कुनै समन्वय नभएकाले अब सरसफाई सम्बन्धि सञ्चालन हुने हरेक क्रियाक्लापका विषयमा समन्वय गरिने एसएन भि नेपालका सहजकर्ता गोविन्द रोकायाले बताए ।
0 comments
बिचार लेख्नुहोस्..