दशैको उपलक्ष्यमा विद्यालय स्तरिय भलिवल प्रतियोगिता सुरु
मुगु न्युज डट कम,
असोज १२ मुगु -----
दशैको अवसर पारेर सदरमुकाम गमगढीमा विद्यालय स्तरिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।
जिल्ला खेलकुद विकास समिति मुगुका खेलकुद गतिविधी शन्य रहेका अबस्थामा गमगढी स्थित महाकाली उच्च माध्यामिक विद्यालयले प्रतियोगिता आयोजना गरेको छ । आयोजनाका लागि विभिन्न माध्यामिक विद्यालयबाट सातवटा पुरुष र महिलाका चार समुह गरि बाह्र समुह सहभागि भएको आयोजक विद्यालयका शिक्षक डिलेन्द्र बहादुर मल्लले जानकारी दिए ।
खेलकुदले राष्टपति रनिङ शिल्ड बाहेक अरु कुनै गतिबिधी सञ्चालन नगर्दा जिल्लाको खेल जगत सुनसान रहेको र दशैका बेला मनोरञ्जन तथा विद्यार्थीहरुको अतिरिक्त क्षमता विकास गर्न अरुलाई प्रायोजक खोजेर भए पनि प्रतियोगिता सञ्चालन गरेको मल्लले बताए । जिल्लामा सार्वजनिक मञ्च तथा खेल मैदान नहुँदा अन्य खेल गतिविधी आयोजना गर्न समस्या भईरहेको छ ।
0 comments
बिचार लेख्नुहोस्..