दलहरु चुनावी अभियान तिब्र पार्दै ÷ काँग्रेस कार्यकर्तामा असन्तुष्टी बढ्दो
सुमन मल्ल-
असोज १२ मुगु-----
आगामी मंसिरमा हुने संविधान सभाको चुनावी अभियानका लागि जिल्लाका राजनितिक दलहरुले तयारी तिब्र पारेका छन भने नेपाली काँग्रेसका कार्यकर्तामा असन्तुष्टी देखिनुका साथै चुनावी गतिविधी समेत शुन्य देखिएको छ ।
दलहरुका केन्द्रीय कार्यालयले प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवार छनौठ कार्य अन्तिम चरणमा पु¥याए पछि जिल्लामा पनि चुनावी माहौल बढ्दै गएको हो । नेकपा एमालेले उम्मेदवारको पक्का पक्कि नभए पनि असोज १६ र १७ गते गमगढीमा जिल्ला स्तरिय भेला आयोजना गर्ने भएको छ । भेलामा हुने छलफल र अन्तरक्रियामा प्रस्तुत गर्ने गरि चुनावी कार्य योजना र रणनिती निर्माण गर्ने कार्य तिब्र भईरहेको नेकपा एमाले मुगुका सचिव जित बहादुर मल्लले बताए । एमालेले प्रत्यक्ष निर्वाचनका लागि जिल्लाबाट सिफारिस गरेका उम्मेदवार मोहोन बाँनिया र गोपाल बम मध्य कसले टिकट पाउने भन्ने विषयमा जिल्लामा मुख्य प्रतिस्पर्धी देखिएको काँग्रेसको उम्मेदवार छनौठको निर्णयलाई हेर र पर्खको अवस्थामा रहेको थियो । विहिबार काँग्रेसबाट ऐन बहादुर शाहीको नाम प्रत्यक्ष निर्वाचनका लागि एकिन भए पछि शुक्रबार देखि चुनावी रणनिती बनाउन लागेको हो ।
यता काँग्रेसले ऐन बहादुर शाहीलाई प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवार छनौठ गरे पछि जिल्ला स्तरमा काँग्रेस कार्यकर्ता विभाजित अवस्थामा पुगेका छन । शाही पाटी सभापति भए पनि चुनावी प्रतिस्पर्धामा ठुलै चुनौति सामाना गर्नु पर्ने र चुनावी परिणाम विपक्षमा आउने भन्दै केहि कार्यकर्ता असन्तुष्ट देखिएका छन । काँग्रेस मुगुका उप सभापति पदम बहादुर रावलले यो चुनावमा निकै मेहनत गर्नु पर्ने बताए । उनले भने , सवै साथीहरु काठमाण्डौमा हुनुहुन्छ , शाहीको नाममा टिकटको समेत निर्णय भई सकेको छ , उहाँहरु जिल्लामा आए पछि छलफल र बैठक गरि चुनावी अभियानका लागि गाउँमा जान्छौ ।
यता एकिकृत माओवादीले आफ्नो उम्मेदवारको नाम उम्मेदवार मनोनयन दर्ताको दिनमा मात्र सार्वजनिक गर्ने बताएको छ । उसले पहिलो चरणमा राज्य समिति र जिल्ला स्तरिय बैठक सम्पन्न गरि १३ गतेबाट जिल्ला भरिमा ईलाका तथा क्षेत्रिय स्तरमा चुनावी रणनिति तथा कार्य योजना माथि छलफल गर्न नेता कार्यकर्ताहरु परिचालन गरि सकेको छ ।
चुनावका वेला दलहरु बिच उत्पन्न हुन सक्ने विवाद समाधान गर्न अज बहादुर शाहीको संयोजकत्वमा तिन सदस्यीय विवाद समाधान तथा वार्ता समिति समेत गठन गरि सकेको एमाओवादी भेरी कर्णाली राज्य समिति सदस्य अदानसिंह कार्कीले बताए ।
राष्टिय प्रजातन्त्र पाटीले पहिलो चरणमा जिल्लाका रोवा ,रुगा , माँग्री , पुलु र किम्री गाविसमा घर दैलो अभियान सञ्चालन गर्न एक सय नेता कार्यकर्ता परिचालन गरेको राप्रपा जिल्ला अध्यक्ष एवं प्रत्यक्ष निर्वाचनका उम्मेदवार राज बहादुर मल्लले जानकारी दिए ।
अर्को तर्फ निर्वाचन बहिष्कारको घोषणा गरेको नेकपा माओवादीले पहिलो चरणको घरदैलो अभियान सम्पन्न गरि सदरमुकाम केन्द्रीत भएको छ । उसले उम्मेदवार मनोनयन दर्ता गर्नु अगाडी चुनावी अभियानमा लागेका दल र तिनका उम्मेदवारसँग छलफल र वार्ता गर्ने जनाएको छ । संविधान सभा निर्वाचन २०६४ मा जिल्लाबाट विजयी भएका सभासद नवराज धामीले भने , चुनावको वेला मतदान गर्नका लागि जनतालाई कसैले दवाव दिन्छ भने हामी पनि रोक्छौ , जसरी हुन्छ चुनाव असफल पार्ने हाम्रो उदेश्य हो । मतदान गर्ने दिनमा ५३ वटा मतदान केन्द्रमा २४ सय बढी संगठित सदस्य परिचालन गर्छौ , यो क्रममा कसैले रोक्छ भने त्यसको कडा प्रतिवाद गर्छौ , धामीले भने ।
0 comments
बिचार लेख्नुहोस्..