मुगुमा सशस्त्रको कार्यालय स्थापना


 मुगु न्युज डट कम,
असोज १२ मुगु  --
 आगामी मंसिर चार गते हुने संविधान सभा निर्वाचनको सुरक्षाका लागि शनिवार देखि सदरमुकाम गमगढीमा सशस्त्र प्रहरी बलको कार्यालय स्थापना भएको छ ।
सदरमुकाम स्थित सिंचाईको कार्यालय भवनमा सशस्त्र राख्ने व्यवस्था मिलाईएको छ । कर्णाली अञ्चल हेर्ने गरि गठन गरिएको सशस्त्र प्रहरी बलको कोहलपुरमा रहेको त्रिपुरा गणबाट एक सय जति सशस्त्र जिल्लामा आउने भनिए पनि शनिबार नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टर मार्फत चालिस जना सशस्त्र प्रहरी मुगु पुगेका छन ।
 जिल्लाका लागि ९५ जना सशस्त्र प्रहरी मुगु आउनु पर्नेमा प्रतिकुल मौसमका कारण अरु सशस्त्र प्रहरी आईतवार आउने जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ । कर्णाली अञ्चलका पाँच जिल्ला मध्य नेकपा माओवादीको बलियो पकट रहेको भन्दै सरकारले कालिकोटलाई अति संमवेदनशील र मुगुलाई संवेदनशीलको सुचिमा राखेपछि आगामी मंसिर चार गते हुने संविधान सभाको निर्वाचनका लागि  सुरक्षा प्रदान गर्न सशस्त्र प्रहरी जिल्ला आई पुगेको छ ।
 लामो समय देखि जिल्लामा हवाई सेवा र सडक यातायात सेवा अबरुद्ध भएका कारण नेपालगञ्ज , काठमाण्डौ जानेहरु सेनाको हेलिकप्टर आउने भने पछि गमगढी स्थित महाकाली उच्च माविको चौरमा बाक्लो संख्यामा देखिए पछि हेलिकप्टरले सशस्त्रलाई ताल्च विमान स्थलमा ओराली दिएको थियो ।

0 comments

बिचार लेख्नुहोस्..