परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न


मुगु न्युज डट कम,,,
असोज १३ मुगु-------
फिलिपेनी नागरिकहरुको आर्थिक सहयोगमा नेपालका विभिन्न जिल्लाहरुमा काम गर्दै आएको फ्लेम नेपालले मुगुमा साझदार रहेका संस्थाहरुको परियोजना सल्लाहकार समितिको बैठक आईतवार सम्पन्न गरेको छ ।
 जिल्लामा युनाईटेड मिशन टु नेपाल मार्फत काम गरिरहेको साझेदार संस्था जिएसएस मुगु र साहस नेपाल मुगुका जिल्लामा सञ्चालित शिक्षा ,स्वास्थ्य, खाद्य सुरक्षा लगायतका विभिन्न कार्यक्रमहरुको समिक्षा समेत गरिएको छ ।
 साहस नेपालका केन्द्रीय कार्यक्रम अधिकृत , फ्लेम नेपालका नेपाल स्थित विकास प्रबन्धकको उपस्थितीमा जिल्ला परियोजना सल्लाहकार समितिको बैठकसंगै कार्यक्रमको समिक्षा गरिएको हो । कार्यक्रममा सहभागि भएका सहभागिहरुले युएमएन, साहसले चलाएका कार्यक्रम प्रभावकारी रहेका र छात्रावृति, पुर्वाधार विकास लगायतका कार्यक्रममा अझ सहयोग बढाउन सुझाव दिएका थिए । फ्ेलम नेपालका विकास प्रबन्धक हेन्नालिनाले समुदायमा आर्थिक ,साजिक  ,साँसकृतिक रुपमा पछि परेका समुदायको आर्थिक उन्नति , सशक्तिकरण तथा जिवन स्तर उकास्न फिलिपिनका नागरिकले थोरै थोरै सहयोग गरेर रकम पठाएको र लक्ष्यीत वर्गका लागि नै सदुपयोग हुने बताईन ।

0 comments

बिचार लेख्नुहोस्..