तिन दिने कृषक तालीम सम्पन्न


मुगु न्युज डट कम,
असोज १३ मुगु ---
 जिल्ला कृषि विकास कार्यालय मुगुको आयोजनामा तिन दिन देखि सञ्चालन भएको व्यवसायिक तरकारी खेति समबन्धि तिन दिने तालीम आईतबार सम्पन्न भएको छ ।
 जिल्ला कृषि विकास कार्यालय मातहतका सेवा केन्द्रहरु सोरु , करान, खत्याड र गम भेकमा गठित विभिन्न कृषि समुहहरुका कृषकहरुलाई तरकारी खेतिको व्यवसायिकता, आधुनिक प्रविधि, बदलिदो मौसम मिल्दो तरकारी खेतिका बिषयमा कृषकहरुलाई तालीम दिएको जिल्ला कृषि विकास कार्यालय मुगुका कार्यालय प्रमुख रामजी देवकोटाले जानकारी दिए ।
 तालीमका लागि चारवटै सेवा केन्द्रबाट विस जना कृषकहरु सहभागि भएका थिए ।

0 comments

बिचार लेख्नुहोस्..