धामी झाँक्रि कहाँ धाउनेको घुईचो
बीरबहादुर बम -
मुगु न्युज डट कम,
असोज १२ मुगु ----
परमपरागत धार्मीक मान्यता अनुसार धामी झाँक्रि गुर्हाने चलन भने कर्णाली अचंलका जिल्लाहरुमा हटन सकेको छैन् । त्यसमा पनि मुगुको दुर्ग भेक सोरु क्षेत्रमा भने यो प्रथा बिधमान रहेको छ । जति सुकै यो प्रथा रुढिवादी र कुनै सत्यता नभएको भने पनि धामी झाँक्रि गुहार्ने चलनले अझ ब्यापकता पाउदै आएको छ ।
आधारभूत पूर्वाधार स्वास्थ्य ,सुरक्षा,लगाएतका कुरामा भने सरकारी कार्यालयमा जानु भन्दा सर्वसाधारण धामी झाँक्र्रीको मेला पर्वमा गुहार्ने गर्दछन् । गाउँका स्वास्थ्य कार्यालयमा डाक्टर र अहेव छैनन भने अदालत र प्रहरी सेवा हुने खानेको मुख हेर्ने र खर्चिलो हुने भएकोले धामी झाँक्रि कहाँ कुनै शुल्क नलाग्ने र छिटै त्यसको नतिजा देखिने मान्यताले सर्वसाधारणको धामी नाच हेर्न र आफनो उदेश्य पूरा गर्न धामी झाँक्रि गुहार्ने चलनले बढी प्राथमिकता पाउँदै आएको छ ।
घर छोडेर बाहिर जाँदा साईत हेराउन ,सन्तानको माग गर्न र छोरा नजन्मिएमा छोराको माग गर्न ,कसैले अन्याय वा झगडा गरेमा न्याय पाउन ,बिरामी भएमा औषधि उपचार गर्न ,घर वा कुनै सामान चोरी भएमा चोर पत्ता लगाउँन र भाकमरी टार्न ,कुनै समस्या परेमा समस्याको सामाधान गर्नकोलागि धामी झार्की गर्हान के दुर्गम के सुगम सबै ठाउँका मानिसको उल्लेख्य उपस्थिति रहने गरेको छ । सोरु भेगको भिईमा गुरा नामका देवता र राराको रुममा बिजई नामका देवताको बाहुल्यता धेरै रहेको छ ।
गुरा र बिजाई देवताको पूजा गर्न र मनले सोचेको कुरा पूरा हो भन्ने उदेश्यले ४ दिनको बाटो लगाएर जुम्ला जिल्ला बाट देवतालाई खसि,बोका बलि दिनको लागि समेत आफू लगायत ७० जना यहाँको बिजई देवताको पुर्णिमामा पुगेको कुरा जुम्लाका सर्वसाधारणले बताए । यसै गरी ५ छोरीका बाबु बाँके चिसापानीका हरी रावलले आफूले छोराको माग गरेकोले सो अनुसार माग पुरा भएपछि खुशिले खसि लिएर बलि चढाउन बाँकेबाट पैदल हिडेर १० दिनमा रुम पुगेको र ७ हजार रुपैयाँले समेत नपुगेर ऋिण गआएको बताए
बिभिन्न माग र समस्या लिएर मुगु जिल्ला र जिल्ला बाहिरबाट समेत हजारौंको संख्यामा धामी झाँक्रि सहित सर्वसाधारण दर्शनार्थीको समेत उल्लेख्य उपस्थििति रहने गरेको छ । यदी हाम्रो गाउँ घरमा देवताको बास नहुनेहो भने हामीले कुनै न्याए र समस्याबाट नउम्किने हाम्रो शृष्टि कर्ता नै देवता भएको कुरा जिल्लाका सर्वसाधारण बताउ छन् । बर्षेनी अननते पूणर््िामामा र्दशालु भत्तजनहरुको ठूलै भिडलाग्ने गर्दछ । र उत्त पूर्णिमाको दिनमा काम सफल भए बापत ५ देखि ३० सम्म बोका बलि देवताको मन्दिरमा चढाउने चलन रहेको छ । भदै र असोज महिनाको नवमी र पूर्णिमाको दिन संचालन हुने भिई नुवमी गुरा , रुम बिजाई सोरु भेगमा ख्याती कमाएका देवताको नाचमा घर परिवार सवै नाच हेर्न उपस्थित हुनु पर्छ भने घरको १ जनाले अनिवार्य रुपमा धामी झाँक्रिको लागि काममा सहयोग गनुपर्ने बाध्यता रहदै आएको छ ।
0 comments
बिचार लेख्नुहोस्..