विद्युत नहुदा जिल्ला स्वास्थ्यको दश लाखको भ्याक्सिन विग्रिने खतरा
मुगु न्युज डट कम,
भदौ १८ मुगु -
दुई हप्ता देखि गमगाढ साना जल विद्युत आयोजनाको विद्युत गृहमा रहेका विद्युतिय उपकरणमा खरावी आई विद्युत आपुर्ति सेवा बन्द हुँदा जिल्ला स्वास्थ्य कार्यालयमा रहेको विभिन्न रोग विरुद्धको भ्याक्सिन राख्ने चिस्यानका लागि राखिएको उपकरण ( फ्रिज ) चल्न नसक्ने भएपछि वि.सि.जि., डि.पि.टी., दादुरा,पोलियो,टि.टी. र रेविज विरुद्धको दश लाख बराबरको सुई विग्रिने अवस्थामा पुगेको जिल्ला स्वास्थ्य कार्यालय मुगुको खोप शाखाले जनाएको छ ।
लामो समयसम्म विद्युत आपुर्ति सेवा बन्द भएपछि फ्रिज सञ्चालनका लागि कार्यालयसंग रहेको जेनेरेटर मर्मत गरिए पनि जेनेरेटर चलाउन मट्टितेल व्यवस्था गर्न नसक्दा फ्रिज चल्न नसक्ने बताईएको छ ।
कार्यालयलाई आवश्यक पर्ने सामानको व्यवस्था गर्ने जिम्मा स्टोर किपर धान्ने बुढालाई दिएको भए पनि उनले मट्टितेलको व्यवस्था समेत नगरि दिएको खोप शाखाका कर्मचारीले बताएकाछन । अबको दुई दिन भित्र फ्रिज सञ्चालन गर्न विद्युतको बैकल्पिक व्यवस्था नगरिए १० लाख बराबरको विभिन्न रोग विरुद्ध लगाईने भ्याक्सिन खेर जाने उनिहरुले बताएका छन ।
जिल्ला स्वास्थ्य कार्यालय स्रोतका अनुसार कार्यालयले गमगढी बजारका विभिन्न पसलहरुबाट सामान लिएको ८ देखि १० लाखसम्म तिर्न बाँकि रहेकाले अहिले जेनेरेटर सञ्चालन गर्न मट्टितेल समेत ति पसलेहरुले दिन मानेका छैनन । तर स्टोर किपरले अन्य पसलहरुबाट भर्खरै जुम्लाबाट सरुवा भई आएका कार्यालय प्रमुख रोशनलाल चौधरीका लागि बन्दोवस्तिका सामान व्यवस्था गरे पनि फ्रिज सञ्चालनका लागि एक लिटर सम्म ईन्धनको व्यवस्था नगरि दिएको कर्मचारीले आरोप लगाए । उनिहरुले जिल्ला स्वास्थ्य कार्यालयमा हर क्षेत्र भित्र लार्पवाही बढ्दै गएकाले विरामीलाई सेवा प्रवाह गर्न निकै समस्या परिरहेको बताए ।
कार्यालयका स्टोर किपर धान्ने बुढाले आप्mनो कार्यकाल भन्दा अगाढी बजारका पसलहरुमा तिर्न बाँकि बक्र्यौता रकम ८ लाख सम्म रहे पनि त्यसले कुनै प्रभाव नपारेको र बजारमा मट्टितेलका अभाव रहेकाले जुम्लाबाट भए पनि ईन्धनको व्यवस्था गरिने बताए । उनले भने हामीले कुनै लार्पवाही गरेका छैनौ । बजारमा उधारो तिर्न बाँकि हुने नै भयो , बजारमा नै ईन्धनको समस्या छ भने हामीले कहाँबाट ल्याएर दिने ।

0 comments
बिचार लेख्नुहोस्..