राष्टिय जनमोर्चाको कर्णाली अञ्चल स्तरिय प्रशिक्षण सुरु

मुगु न्युज डट कम,
भदौ १८ मुगु -
 राष्टिय जनमोर्चाले कर्णाली अञ्चल स्तरिय तिन दिने कार्यकर्ता प्रशिक्षण मंगलवारबाट सुरु भएको छ ।
सोमबारबाट सुरु हुने भनिएको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागि हुन आउने कर्णालकिा अन्य जिल्लाका सहभागि आउन ढिलाई भएका कारण एक दिन ढिलो गरि कार्यक्रम सुरु गरिएको राष्टिय जनमोर्चा मुगुका अध्यक्ष राजबहादुर भामले जानकारी दिए । तिन दिनसम्म सञ्चालन हुने प्रशिक्षणका क्रममा आगामी मंसिर ४ गते हुने संविधान सभाको निर्वाचन रणनिती,संगठन विस्तार तथा सुदृढीकरणका विषयमा प्रशिक्षण प्रदान गरिने बताईएको छ ।
 पाँच जिल्लाका पचास जना कार्यकर्ता सहभागि भएको प्रशिक्षणका लागि राष्टिय जनमोर्चाका केन्द्रीय सदस्य गौरीलाल कार्की र जनमोर्चाको विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष किशोर घिमिरे सहभागि भएको जनमोर्चाले जनाएको छ ।

0 comments

बिचार लेख्नुहोस्..