नागरिक सञ्जालद्धारा सेवा सहज बनाउन आग्रह


भाद्र १७ मुगु
जिल्लामा लामो समय देखि वर्षाका कारण हवाई सेवा , स्थल मार्गको यातायात सेवा र पछिल्लो समयमा विद्युत आपुर्ति सेवा समेत अबरुद्ध भए पछि नागरिकले पाउनु पर्ने सेवा प्रवाहमा असहजता उत्पन्न भएको भन्दै जिल्ला नागरिक सञ्जाल मुगुले सम्बन्धित निकायलाई पहल गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको सञ्जालको बैठकले जिल्लाको हवाई उडान हुने एक मात्र विमान स्थल ताल्च विमान स्थल असार मध्य देखि बन्द रहेको , वर्षाका कारण नाग्म गमगढी सडक खण्ड अबरुद्ध भएको , पछिल्लो समयमा विद्युत सेवा समेत अबरुद्ध भएकाले तत्काल सवै सेवा सहज बनाउन समबन्धित निकायमा पहल गर्न जिल्ला प्रशासन कार्यालयमा अनुरोध गर्ने निर्णय समेत गरिएको सञ्जालका अध्यक्ष चित्र बहादुर मल्लले बताए ।

0 comments

बिचार लेख्नुहोस्..