एकानब्बे घरधुरीमा दुई मतदान केन्द्र


मुगु न्युज डट कम,
असोज १४ मुगु -----
जिल्लाको पुर्वि  भेकमा पर्ने डोल्फु गाविसमा रहेका एकानब्बे घरधुरीका लागि दुईवटा मतदान केन्द्र कायम गरिएको छ ।
एकानब्बे घर धुरी रहेको यस गाविसमा राष्टिय जनगणनाको तथ्यांक हेर्दा तिन सय पचासी जनसंख्या रहेको छ भने अहिले यो गाविसमा मतदाताको संख्या दुई सय पचपन्न रहेको छ । भौगोलिक रुपमा वडा नम्बर १ देखि ५ डोल्फु गाउँ देखि वडा नम्बर ६ देखि ९ चितैं गाउँ पुग्न चार घण्टा लाग्ने भए पछि दुईवटा मतदान केन्द्र कायम गराउनु परेको जिल्ला निर्वाचन कार्यालय मुगुले जनाएको छ । चितै केन्द्रमा एक सय उन्नाईस मतदाता छन भने डोल्फुमा एक सय छत्तीस मतदाता रहेका छन ।
 सवै भन्दा बढी मतदाता रोवा गाविसमा रहेका छन । सात सय साठी घरधुरी रहेको रोवा गाविसमा कुल जनसंख्या चार हजार चार सय उनन्चालिसमा मतदाता संख्या एक हजार ८ सय ४४ रहेको छ । एउटै गाविसको एक मात्र मतदान केन्द्र हुने गाविस मुगु रहेको छ । ९ वटै गाविस एकै गाउँमा रहेको मुगु गाउमा एक सय ५३ घर धुरी रहेका छन भने २ सय ८४ मतदाता रहेका छन ।
यसै बिच जिल्ला निर्वाचन कार्यालयको आयोजनामा सोमबार देखि जिल्लाका महिला स्वास्थ्य स्वयम सेविका , बाल विकास केन्द्रका सहज कर्ता र स्थानीय शासन सामुदायिक विकास कार्यक्रमका २४ जना सामाजिक परिचालकका लागि निर्वाचन शिक्षा कार्यकर्ता, निर्वाचन शिक्षा स्वयम सेवक समबन्धि दुई दिने तालीम सुरु भएको छ । तालीममा सुरक्षा व्यवस्था समेत कडा पारिएको छ ।

0 comments

बिचार लेख्नुहोस्..