बाणिज्य बैकमा सेवा ग्राहीको भिड , कर्मचारी नहुँदा समस्या
मुगु न्युज डट कम----
असोज १३ मुगु ,-----
राष्टिय बाणिज्य बैक मुगु शाखाबाट रकम लिने र जिल्ला बाहिर पठाउने सेवा ग्राहीको भिडभाड बढेको छ ।
दशै सुरु हुन लाग्दा जिल्ला भित्र र बाहिरका कर्मचारीहरुले दशै खर्च घरमा पठाउन तथा विभिन्न विकास निर्माणका कार्य सम्पन्न गरेका स्थानीयवासीहरुले भुक्तानी लिन आउने गर्दा अहिले सेवा प्रवाह गर्न भ्याई नभ्याई हुने गरेको बैंकका प्रबन्धक दशरथ कुमार मल्लले बताए । उनले भने विहान दश बजे देखि दिउसो तिन बजेसम्म बाह्य सेवा प्रदान गर्नु परेको र वेलुकि सात बजेसम्म बैकको आन्तरिक काम हुने गरेको छ ।
हिजो आज बैकमा दैनिक दुई करोड बढिको कारोबार हुने गरेको छ । दशैको बेला बैंकमा सेवाग्राहीको अत्याधिक चाप बढे पनि कर्मचारी अभावका कारण निकै समस्या हुने गरेको बैकले जनाएको छ । मुगु शाखाका लागि आठ जना कर्मचारीको दरबन्दि भए पनि दुई जना कर्मचारी छ महिना देखि कुनै जानकारी नगराई काजमा बसेकाले जिल्लामा रहेका ६ जना कर्मचारीलाई हैरान हुने गरेको प्रबन्धक मल्लले बताए । मुगु दरबन्दि रहेका कृष्ण कुमार धिताल केन्द्रीय कार्यालयमा र मन बहादुर बुढा क्षेत्रिय कार्यालयमा छ महिना देखि काजमा रहेका तथा सेवा सुविधा जिल्लाबाटै लिईरहेका बैंकले जनाएको छ । यता कर्मचारी नहुँदा समस्या छ केन्द्रले समेत कुनै चासो दिएको छैन ,प्रबन्धक मल्लले भने ।

0 comments
बिचार लेख्नुहोस्..