क्रान्तिकारी महिला संघको चौथो जिल्ला अधिवेशन सम्पन्न
मुगु न्युज डट कम,
नागरि ,भदौ २२ मुगु-----------------
नेकपा माओवादी निकटको अखिल नेपाल महिला संघ (क्रान्तिकारी) मुगु को चौंथो जिल्ला अधिवेशन शनिवार देखि सम्पन्न भएको छ ।
राष्टियता, स्वाधिनता र महिला उत्पीडनका विरुद्ध हाम्रो आन्दोलन, समानुपातिक प्रतिनीधित्व र जन गणतन्त्रको पक्षमा चौंथो जिल्ला अधिवेशन भन्ने मुल नाराका साथ शनिवारबाट गमगढीमा सुरु भएको अधिवेशनमा जिल्ला भरिका १ सय बढी महिला उपस्थित भएका छन ।
संघले मनकला रोकायाको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्य समिति समेत चयन गरेको छ । दुई वर्षका लागि चयन गरेको नयाँ कार्य समितिमा उपाध्यक्ष मण्डला शाही, तारथा थापा, सचिवमा जानदेवी शाही,कोषाध्यक्षमा वेलदरा बढुवाल र सह सचिवमा जनमाया नेपालीलाई चयन गरेको संघले जनाएको छ ।
संघका केन्द्रीय सचिवालय सदस्य धिरेन्द्रा उपाध्यायको उपस्थितीमा सुरु गरिएको अधिवेशनको उद्घाटन सत्र शनिवार नै सम्पन्न गरि बन्द सत्र समेत शनिवार राती सम्पन्न भएको संघले जनाएको छ । नेकपा माओवादीले थालेको चुनाव बहिष्कारको आन्दोलनलाई सशक्त र सफल बनाउन जिल्ला भरिका महिलाहरु एक भएर अघि बढ्ने निती अधिवेशनले पारित गरेको छ ।

0 comments
बिचार लेख्नुहोस्..