सरकारी विद्यालयको शैक्षिक अवस्था खस्किदै


मुगु न्युज डट कम,
भदौ २२ मुगु--------------
  जिल्ला शिक्षा कार्यालय मुगुको आयोजनामा माध्यामिक विद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगिता र निम्न माध्यामिक विद्यालय स्तरिय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।
अन्तराष्टिय साक्षारता दिवश तथा राष्टिय शिक्षा दिवशका अवसरमा आयोजना गरिएको मावि स्तरिय हाजिर जवाफ प्रतियोगितामा सात वटा माध्यामिक विद्यालय सहभागि भएका थिए ।
यो वेला पनि सरकारी विद्यालयको नतिक्षा सन्तोषजनक आउन सकेन । सरकारी विद्यालयमा कार्यारत शिक्षकहरु विद्यालय नजाने , विदामा गए पछि लामो समयसम्म विद्यालय नफर्किने, समयमा नै पाठ्यक्रम नसकिनु , शिक्षकले आफ्नो कर्तव्यलाई छोडि व्यापार व्यवसाय, राजनीतिमा सक्रिय हुनु , विद्यार्थीमा अध्ययन गर्ने बानीको विकास नहुनु नै सरकारी विद्यालयको नतिजा सन्तोषजनक हुन नसकेको जिल्ला शिक्षा कार्यालय मुगुका निमित्त जिल्ला शिक्षा अधिकारी सुर्य बहादुर खत्रिले स्वीकार गरे । उनले भने , निजी क्षेत्रमा व्यवस्थापन पक्ष राम्रो छ , कक्षा पनि नियमित हुन्छ त्यसैले नतिजा पनि राम्रो आउछ । अब विषयगत शिक्षकको नियमित र व्यवस्थापन गर्ने , स्रोत केन्द्र मार्फत अनुगमन प्रणालीलाई प्रभावकारी बनाउने खत्रिले बताए ।
विद्यालयमा पढाईको स्तर खस्किएको, शिक्षक अनियमित भएको लगायतका विषयमा विद्यालय व्यवस्थापन समिति र समुदायले निगरानी राख्नु पर्ने भए पनि कुनै चासो नदिएको शिक्षा कार्यालयले बताउदै आएको छ भने समुदाय र समितिले भने आफु उम्किनका लागि सवै दोष समुदाय र समितिलाई दिने गरेको आरोप लगाउछन ।
शैक्षिक सत्र २०७० सुरु भएको पाँच महिना वितिसक्दा पनि जिल्लाका अधिकाँश सरकारी विद्यालयमा राम्रोसंग पढाई हुन सकेको छैन भने बाजुराको सिमासंग जोडिएको एक प्राथामिक विद्यालयमा अहिलेसम्मपुस्तक पुगेको छैन । ह्याँगलु गाविसको विना गाउँमा रहेको प्राथामिक विद्यालयमा कक्षा चार र पाँच कक्षाको नेपाली किताव अहिलेसम्म नपुगेको विद्यालयका शिक्षक नारायण शर्माले बताए । त्यस्तै ह्याँग्लु गाउँमा रहेको महादेव माविमा दैनिक रुपमा एक दर्जन विद्यार्थी पनि आउदैनन । वर्षाको समयमा विद्यार्थीहरु लेकमा गएकाले विद्यालयमा विद्यार्थी आउन नसकेको विद्यालयका शिक्षकहरुको भनाई छ । यो विद्यालयमा अलगै रहेको ६ कक्षा देखि १० कक्षासम्म रहेको ८ कोठे भवन सिस्नु, धतुरो र अन्य झाडिले पुरिएको छ । यि विद्यालयहरुमा जिल्ला शिक्षा कार्यालयबाट पठाएका पत्रहरु पनि समयमा पुग्दैनन । कार्यक्रम सकिसकेपछि मात्र पत्र पुग्ने गरेको शिक्षकहरुले दावी गरेका छन ।
समग्रमा जिल्ला भरिका सरकारी विद्यालयहरुको अवस्था यि दुई विद्यालय भन्दा फरक छैन । एक वर्षमा एक सय २० दिन विद्यालय खोल्नु पर्छ भने एक सय ९२ दिन कक्षा सञ्चालन हुनु पर्ने कानुनी व्यवस्था छ तर जिल्लाका सरकारी विद्यालयहरु वर्षमा ८० दिन पनि खुल्दैनन । २०६९ सालको प्रवेशिका परिक्षामा जिल्लाबाट ३३ प्रतिशत विद्यार्थीमात्र उतिर्ण हुन सफल भए । जसमा निजी क्षेत्रको थापा बोर्डिङले मात्र सत प्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल भयो ।
 प्रतियोगितामा निजी क्षेत्रबाट सञ्चालित थापा बोर्डिङ स्कुलले १४ अंक, रारा बोर्डिङ स्कुलले १२ र कर्णाली मावि टोप्लाले ८ अंक ल्याएर क्रमश प्रथम, द्धितीय र तृतीय स्थान ल्याउन सफल भएका छन । बाल मैत्रि विद्यालय विषयमा आयोजना गरिएको निमावि स्तरिय चित्रकला प्रतियोगिताको नतिजा भने आईतवार सार्वजनिक गरिने आयोजकले बताएका छन ।

0 comments

बिचार लेख्नुहोस्..