टिकटमा कमजोरी नभएको दावी


मुगु न्युज डट कम
भदौ २२ मुगु
आगामी मंसिर ४ गते हुने संविधान सभाको दोस्रो निर्वाचनमा मुगु जिल्लाबाट प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्दा कुनै गल्ति नभई सञ्चार माध्यमले बढाई चढाई गरिदिएको प्रति पाटीको ध्यानाकर्षण भएको नेपाली काँग्रेस मुगुले जनाएको छ ।
गत मंगलवार बसेको नेपाली काँग्रेस जिल्ला कार्य समिति मुगुको बैठकले प्रत्यक्ष निर्वाचनका लागि तिन जनाको नाम सिफारिस गरे पनि केन्द्रमा उम्मेदवारको नाम पठाउदा निर्णय पुस्तिकामा नाम विगारेर पठाएको समाचार बाहिर आए पछि शनिवार एक प्रेस विज्ञप्ती जारी गरि सिफारिस गरिएका नाममा सुदिृढिकरण गर्दा  फरक पर्न गएको र सञ्चार माध्यमले बढाई चढाई गरि पाटी पदाधिकारी र पार्टीलाई बदनाम गर्न खोजिएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
 पाटीका दुई जना सचिव लोक बहादुर शाही र रत्न बहादुर शाहीको संयुक्त हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ , समाचारमा आएका कुराहरु भ्रम पुर्ण भएको र यस्ता समाचार पछि नलाग्न सवै पाटी पंक्तिका नेता कार्यकर्ताहरुलाई अनुरोध गर्दछौ भनिएको छ ।
 शनिवार बसेको काँग्रेस जिल्ला कार्य समितिको बैठकमा जे जस्तो गल्ति कमजोरी भए पनि चुनावको मुख विवाद नगर्न र समाचारमा आएका कुरालाई सामान्य रुपमा ग्रहण गरि पाटीलाई चुनावी माहौलमा मोडन सवै सहमत भएपछि विज्ञप्ती निकालीएको समाचार स्रोतले जनाएको छ । बैठकमा विवाद बढ्दा तथा यो कुरामा अल्झिदा पाटीले चुनावमा पराजय भोग्न सक्ने हुँदा यो विषयलाई सामान्य बनाउदै जसको नाममा टिकट आए पनि एक भएर लाग्ने सहमाति भएको र गल्ति गर्नेको अनुसन्धान गरि चुनाव पछाडी छानविनको प्रक्रिया अगाडी बढाउनु पर्ने पनि सहमति भएको बताईएको छ । स्रोतले दिएको जानकारी अनुसार जिल्ला कार्य समितिले उम्मेदवारको नाम सिफारिस गरेको वास्तविक निर्णय पुस्तिकाको तिन पेज अलगै केन्द्रीय कार्यालयमा पठाईएको छ भने अर्को पाँच पेजको अर्को निर्णय समेत पठाईएको छ ।

0 comments

बिचार लेख्नुहोस्..