सरकारी विद्यालयमा तिन जनामात्र महिला प्रधानाध्यापक


मुगु न्युज डट कम,
भदौ ३१ मुगु ---------
 जिल्लामा रहेका एक सय छत्तीस सरकारी प्रथामिक विद्यालयहरुमा अहिलेसम्म तिन जना मात्र महिलाले प्रधानाध्यापक हुने मौका पाएका छन ।
 जिल्लामा सञ्चालित यि विद्यालयहरु मध्य एक सय तेत्तीस विद्यालयहरुमा सवै पुरुष प्रधानाध्यापक रहेको तथा तिन जना महिलाले मात्र प्रधाना ध्यापक हुने अवसर पाएको भन्दै महिला शिक्षिकाहरुलाई   प्रधानाधयापकको जिम्मेवारी दिनु पर्ने बताएका छन । सोमवार जिल्ला शिक्षा कार्यालय मुगुले आयोजना गरेको आर्थिक वर्ष २०७० । ०७१ को विद्यालय क्षेत्र सुधार कार्यक्रमको प्रबोधिकरण कार्यक्रममा सहभागि भएका महिला शिक्षिकाहरुले यस्तो गुनासो गरेका हुन ।
 एक सय छत्तीस प्रथामिक विद्यालयमा २० जना स्थायी महिला शिक्षिका कार्यरत रहे पनि पशुपति प्रावि ईमा, सरस्वति प्रावि तिर्प र नेपाल राष्टिय प्रावि बालचौंरमा मात्र महिला प्रधानाध्यापक रहेका छन । जिल्लामा २० जना महिला शिक्षिकाहरु स्थायी दरबन्दिमा कार्यरत रहे पनि प्राविमा तिन जना प्रधानाध्यापक रहेको तथामावि तहमा एक जना पनि नरहेको नेपाल शिक्षक युनियनका उपाध्यक्ष राधिका मल्लले बताईन । उनले भनिन, महिला शिक्षिकाहरु पनि प्रधानाध्यापकको जिम्मेवारी बहन गर्न सक्ने भए पनि सरोकारवाला निकायले वेवास्ता गरेका छन ।
 प्रधानाध्यापक बनाउने कुरामा शिक्षा नियमावली अनुसार सम्पुर्ण जिम्मेवारी सम्बन्धित विद्यालय व्यवस्थापन समितिमा रहेकाले कार्यालयले केहि गर्न नसक्ने जिल्ला शिक्षा कार्यालय मुगुका निमित्त जिल्ला शिक्षा अधिकारी सुर्य बहादुर खत्रिले बताए । महिला शिक्षकले सदरमुकाममा बस्न पनि खोज्ने र प्रधानाधयापक हुन पनि चाहने तथा सदरमुकाम बाहिर जान नमानेका कारण यस्तो अवस्था देखिएको नेपाल शिक्षक संघका अध्यक्ष जंग बहादुर शाहीले बताए ।

0 comments

बिचार लेख्नुहोस्..