जिल्ला स्वास्थ्य कार्यालयमा यौन रोग नियन्त्रण तथा परामर्श केन्द्र स्थापना गरिने


मुगु न्युज डट कम,
भदौ २० मुगु-------
 जिल्ला स्वास्थ्य कार्यालय मुगुमा अब देखि यौन रोग तथा एच आई भि एडस रोग सम्बन्धि परामर्श केन्द्र स्थापना गरिने भएको छ ।
जिल्लामा यौन रोगिहरुका लागि उपचार तथा परामर्श सेवा सञ्चालनका लागि कुनै सेवा नभएकाले अब जिल्ला स्वास्थ्य कार्यालयको अगुवाई तथा जिल्लामा यौन रोग तथा एच आई भि एडस सम्बनिध काम गरिरहेका संस्थाहरुसंगको समन्वयमा जिल्ला अस्पतालमा एस टि आई सेन्टर , जिल्लाका झुगला, ताल्च र पिनामा सुचना संकलन केन्द्र र गमगढीमा अलग्गै सञ्चार केन्द्र स्थापना गरिने भएको छ ।
 कर्णाली सामुदायिक विकास केन्द्र ( केसिडिसी ) मुगुले आयोजना गरेको सरोकारवालहरुसंगको एक दिने गोष्ठिमा यस्तो निर्णय गरिएको हो । अहिले केसिडिसीले योन रोग नियन्त्रण गर्नका लागि जिल्लाबाट कामका लागि रोजगारी खोज्न विदेश गएकाहरु र तिनका परिवारका लागि विभिन्न जनचेतनामुलक तथा परामर्श दिने काम गरिरहेको छ । जसका लागि ८ जना कर्मचारी खटाईएको केसिडिसि मुगुले जानकारी दिएको छ ।

0 comments

बिचार लेख्नुहोस्..