बाह्रौ निजामति कर्मचारी दिवशमा टेड युनियनको बहिष्कार
मुगु न्युज डट कम,
भदौ २२ मुगु --------
नेपाल सरकारले निजामति कर्मचारीहरुका पेशागत संगठनहरुको साझा संगठन टेड युनियन महासंघले राखेका मागहरु पुरा नगरेको भन्दै बाह्रौं निजामति दिवश बहिष्कार गरेको छ ।
शनिवार सदरमुकाम गमगढीमा आयोजित एक कार्यक्रमलाई टेड युनियन महासंघले बहिष्कार गरेको हो । दिवशका अवसरमा आयोजित कार्यक्रमका सहभागिहरुले निजामति कर्मचारीहरुले पेशागत हकहित संगै सेवा भावले काम गर्नु पर्ने बताए । पछिल्लो समयमा कर्मचारीहरुको आचरण माथि प्रश्न चिन्ह खडा हुने गरेको बताए ।
निजामति सेवा दिवश मुल आयोजक समितिका अध्यक्ष एवं जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी वलभद्र गिरीको अध्यक्षतामा आयोजना गरिएको एक अन्तरक्रिया कार्यक्रममा निजामति कर्मचारीहरु विच सञ्चालन गरिएको हाजिरी जवाफ प्रतियोगिता र ब्याट म्यान्टिन प्रतियोगिताका विजेताहरुलाई नगद पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी गिरीले निजामति कर्मचारीहरु स्थायी सरकार भएको र कानुन कार्यान्वयन तथा व्यवहारमा लागु हुन नसक्दा निजामति कर्मचारीहरु माथी विभिन्न प्रकारका लाल्छना लाग्ने गरेकोमा अव यस विषयमा नियमित अन्तरक्रिया छलफल चलाउनु पर्ने र सुधारिने ठाउँमा सुधार गर्नु पर्ने बताए । कार्यक्रममा महालेखा परिक्षकका निर्देशक दामोदर पुडासैनीले निजामति कर्मचारीहरुले मुगु जिल्लामा काम गर्न आउदा पिरलो मात्र बोकेर जाने गरेका र आफुले के सिके र के पाएँ भन्ने अनुभुति गर्न नसकिरहेको अवस्था आफुले अनुभुति गरेको बताए ।
0 comments
बिचार लेख्नुहोस्..