काँग्रेसमा टिकट विवाद चुलिदै ÷ सभापतिबाटै निर्णय उल्घंन
मुगु न्युज डट कम,
भदौ २१ मुगु--------
नेपाली काँग्रेस मुगुले आगामी मंसिर ४ गते हुने भनिएको संविधान सभाको चुनावका लागि प्रत्यक्ष तर्फ तिन जना उम्मेदवारको नाम सिफारिस गरे पनि विवाद चुलिदै गएको काँग्रेस स्रोतले जनाएको छ ।
विवाद मिलाउन शुक्रवार विहान देखि पटक पटक बैठक बसे पनि विवाद नमिलेको बताईएको छ । काँग्रेसले गत सोमवार पाटीका भातृ संगठनहरुसंग उम्मेदवार छनौठका विषयमा छलफल र सुझाव संकलन गरेको थियो भने मंगलबार जिल्ला कार्य समितिको बैठकले प्रत्यक्ष तर्फ पुर्व शिक्षा राज्य मन्त्रि हस्त बहादुर मल्ल, पाटी सभापति ऐन बहादुर शाही र महा समिति सदस्य खडग बहादुर शाहीको नाम सिफारिस गरिएको जनाएको थियो ।
तर केन्द्रमा सिफारिस गरिएका उम्मेदवारको नाम पठाउदा पाटी सभापति ऐन बहादुर शाहीले कार्य समितिको निर्णय भन्दा फरक निर्णय गरि गोप्य रुपमा अरुको नाम विगारेर आफ्नो नाम (–हाई लाईटस ) राखेर पठाए पछि काँग्रेस भित्रको उम्मेदवारको टिकट विवाद प्रकरण चुलिदै गएको समाचार स्रोतले बतायो । शाहीले प्रत्यक्ष तर्फ एक नम्बरमा उम्मेदवारको नाम सिफारिस गरिएका हस्त बहादुर मल्लको नाम विगारेर हस्व बहादुर मल्ल, गरिएका छन भने ऐन बहादुर शाहीको ऐनलार्ई हाईलाईट गरिएको पाईएकोछ । पाटीको केन्द्रीय कार्यालयमा पठाईएको मिति २०७० भदौ १९ गतेको चलानी नम्बर ५४को पत्र साथ सिफारिस नाममा त्यस्तो गरिएको छ । तर सभापति शाहीले त्यो कुरा केवल हल्ला र निराधार भएको दावी गरे । उनले भने – त्यो अनावश्यक वजारमा चलाईएको हल्ला मात्र हो त्यस्तो कार्य हामीबाट भएको छैन ।
कार्य समितिले नाम सिफारिस गर्दा सिफारिस गरिएकाहरुको जसको नाममा टिकट आए पनि सवै जना एक भएर जाने , नाम सिफारिस गरिसकेपछि चुनाव नहुन्जेल कोहि पनि काठमाण्डौ नजाने सहमति भएको थियो । काँग्रेसले सिफारिस गरिएका उम्मेदवारहरु एक भएर जाने सहमति पछि चुनावी परिणाम राम्रो बन्न थाले पछि शाहीले यस्तो गरेको बताईएको छ । यस्तो काम गर्ने शाहीसंग ठुलै गिरोह रहेको काँग्रेसले जनाएको छ ।
स्रोतका अनुसार २०६४ सालको संविधान सभाको निर्वाचनका वेला पनि कार्य समितिले सिफारिस गरेका नाम भन्दा शाहीले आफ्नो नामलाई मात्र सिफारिस गरेको र त्यति वेला शाहीको त्यस्तो कुरा थाहा पाए पछि शेर बहादुर देउवाले खडग बहादुर शाहीको नाममा टिकट दिएका थिए । त्यो वेला पनि यस्तो विवाद हुँदा खडग बहादुर शाहीका नाममा आएको संविधान सभा सदस्यको उम्मेदवारको टिकट पुन बदर गरि हस्त बहादुर मल्लका नाममा आएको थियो । त्यति वेलाको टिकट विवादले काँग्रेसले पराजय भोग्नु परेको भन्दै यो पटक सहमतिमा जाने निर्णय गरिए पनि सभापति शाहीले विवाद हुने काम गरेको बताईएको छ ।
शाहीले कार्य समितिको निर्णय विपरित काम गरेको थाहा पाए पछि शुक्रवार विहान काँग्रेसका दुई जना जिल्ला सचिव प्रत्यक्ष उम्मेदवारमा नाम सिफारिस गरेका तिन जना गरि पाँच जनाको बैठक बसे पनि कुनै टुंगो नलागे पछि अपरान्ह तिर कार्य समितिको बैठक बसेर छलफल चलेको थियो । छलफलले जति विवाद भए पनि आन्तरिक रुपमा नै मिलाउने र विवाद बाहिर आउन नदिने पक्षमा काँगे्रस लागि परेको स्रोतले बतायो ।
स्रोतका अनुसार शाहीलाई पाटीले अनुशासनको कारवाहीका लागि केन्द्रमा पठाउने तयारी गरिरहेको जनाएको छ भने उनलाई पाटीको साधारण सदस्यबाट निस्काशित गर्ने तयारी भईरहेको छ ।

0 comments
बिचार लेख्नुहोस्..