राप्रपाद्धारा उम्मेदवारको सिफारिस


मुगु न्युज डट कम,
भदौ २४ मुगु-----------------------
 राष्टिय प्रजातन्त्र पाटी जिल्ला कार्य समिति मुगुले आगामी मंसिर चार गते हुने संविधान सभाको दोसा्रो निर्वाचनका लागि जिल्लाबाट प्रत्यक्ष र समानुपातिक निर्वाचान प्रणाली तर्फका उम्मेदवारको नाम छनौठ गरि सिफारिस गरेको छ ।
 तिन दिनसम्म चलेको जिल्ला कार्य समिति तथा गाउँ कार्य समितिको बैठकले सोमवार प्रत्यक्ष निर्वाचनका लागि जित बहादुर हितानलाई उम्मेदवार छनौट गरि नाम सिफारिस गरेको छ भने समानुपातिक तर्फ दलितबाट पुरु नेपाली, महिलाबाट रत्ना देवी हमाल र जनजातीबाट छुल्डिम लामाको नाम सिफारिस गरेको राप्रपा मुगुका अध्यक्ष राज बहादुर मल्लले जानकारी दिएका छन ।
 यस अघि नै संविधान सभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरिसकेका दलहरु मध्य नेपाली काँग्रेसका जिल्ला भरिका नेता चुनावी अभियानका लागि सदरमुकाम बाहिर गएका छन । काँग्रेसले सोमवार जिल्लाको पश्चिम क्षेत्रमा पर्ने खत्याड भेकको गम्था गाविसमा पहिलो चुनावी सभाको आयोजना गरेको छ । त्यस क्षेत्रमा रहेका सात गाविसका स्थानीयवासीहरुको बाक्लो उपस्थितीमा काँग्रेसले पहिलो चुनावी सभा आयोजना गरेको जनाएको छ ।
त्यस्तै चुनावका लागि उम्मेदवारको नाम सिफारिस गरिसकेका नेकपा एमाले र एकिकृत नेकपा माओवादीका उम्मेदवारहरु भने राजधानी तर्फ हिडिसकेका छन । उता मंसिरमा तोकिएको निर्वाचन कुनै हालतमा सफल हुन नदिने भन्दै नेकपा माओवादीले भने चुनाव बहिष्कारका लागि जिल्ला भरिमा घर दैलो अभियान चलाईरहेको छ ।

0 comments

बिचार लेख्नुहोस्..